काठमाडौँ । लोक सेवा आयोगबाट लिइने नेपाल निजामती सेवा अन्तर्गत अप्राविधिकतर्फका न्याय, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद् सेवाका राजपत्र अनङ्कित प्रथम श्रेणी, नायव सुब्बा वा सो सरहका पदहरूको प्रतियोगितात्मक परीक्षाको लागि समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन द्वितीय पत्र सम्बन्धित पुस्तक बजारमा आएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत अधिकृत नवराज पराजुलीद्वारा लिखित उक्त पुस्तक नायव सुब्बाको द्वितीय पत्रको लागि लोक सेवा आयोगबाट निर्धारित नयाँ पाठ्यक्रममा आधारित रहेको छ ।
गुड लक पब्लिकेसनले बजारमा ल्याएको उक्त पुस्तक देशका विभिन्न स्थानमा उपलब्ध छ ।