२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुष्पपराग पुरस्कार घोषणा, वर्ष सम्मान हुसेन खानलाई

अ+ अ-

काठमाडौँ । पुष्पपराग साहित्य प्रतिष्ठानले पुष्पपराग वर्ष सम्मान पुरस्कार–२०७६ हुसेन खानलाई प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसर पारेर दिँदै आएको उक्त सम्मान तथा पुरस्कार आगामी चैत ८ गते वार्षिक दिवसका दिन प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाले बताए ।

प्रतिष्ठानका संस्थापक सचिव तथा पुरस्कार छनौट समितिका संयोजक डा. प्रदीप मैनाली ‘स्वनाहम’को समितिले प्रस्ताव गरेका सर्जकहरूको नामावली कार्यसमितिको बैठकले पारित गरेसँगे पुरस्कृत हुने व्यक्तिहरूको टुङ्गो लागेको हो।

वर्ष सम्मानसँगै निल गङ्गा भाषा साहित्य पुरस्कार–२०७६ प्रा गोपीकृष्ण शर्मा, मुना स्मृति आख्यान पुरस्कार–२०७६ सरस्वती प्रतीक्षा,पद्मावती गीत सङ्गीत पुरस्कार –२०७६ शिशिर योगी, शुक्र मन्दिर लोक साहित्य पुरस्कार–२०७६ गणेश रसिक, तिलकुमारी खड्का स्मृति पुरस्कार–२०७६ पञ्चकुमारी परियार र श्रीकृष्णलाल गोपिनी सिवाकोटी स्मृति पुरस्कार २०७६ राम कार्कीलाई प्रदान गर्ने निर्णय भएको छ ।

यसका साथै वर्षभरि संस्थामा आएर रचना वाचन गर्नेमध्ये एक जना युवा सर्जकलाई सम्मान गर्दै आएकोमा यस वर्ष सम्मानित हुनेमा सर्जक राधा दुलाल कार्की रहेका छन् । साहित्य साधनमा निरन्तर लागी परेर नेपाली साहित्य आकाशलाई फराकिलो पार्नुहुने सर्जक एक जनालाई संस्थाले मानार्थ सदस्यता प्रदान गर्दै आएकोमा यस वर्ष वरिष्ठ कवि भुवनहरि सिग्देल छनौट भएका छन् ।

प्रतिक्रिया दिनुहोस