काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्ष पूरा गर्नु पनि आफैंमा उपलब्धि भएको बताएका छन्।
उनले दुई वर्ष पूरा भएको अवसरमा संसदमा सम्बोधन गर्दै नेकपाको सरकारले पहिलो वर्ष आधार वर्षको रूपमा र दोस्रो वर्षलाई विकास आरम्भ वर्षको रूपमा लिएको बताएका हुन् ।
सङ्घीयता कार्यान्वयन गराउन र संविधानको स्वीकार्यता विस्तार गर्ने काम यो सरकारको पहिलो जिम्मेवारी भएको उनले बताएका छन् ।