४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइटिएफ टेनिसमा महिला एकलतर्फ नेपालको सुखद नतिजा

अ+ अ-

कास्की । पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन (आइटिएफ)को जुनियर यु–१८ टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलतर्फको प्रतिष्पर्धामा नेपाली खेलाडीले सुखद नतिजा हासिल गरेका छन् । अघिल्लो दिन पुरुष एकलतर्फको खेलमा नेपालले खराब प्रदर्शन गरे पनि आज भएको महिला एकलको प्रतिष्पर्धामा भने प्रेरणा कोइराला, अभिलाशा विष्ट र सलोनी तामाङ विजयी भइन् ।

अन्तर्राष्ट्रिय टेनिस महासङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको व्यवस्थापनमा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा यही माघ २७ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताको तेस्रो दिनको खेलमा नेपालका कोइरालाले जापानका केइदे हातनोलाई ६–१ र ६–२ अङ्कको सोझो सेटमा पराजित गरिन् । त्यसैगरी विष्टले भारतका मिली चुगमाथि ६–३ र ६–२ को सोझो सेटको जित हासिल गरिन् भने तामाङले हङकङका एरिका कामना हागीलाई ६–२ र ६–३ को सेटमा पराजित गरिन् ।

नेपालका श्रवाणी श्रेष्ठ भने भारतीय खेलाडी गर्गी परवारसँग ६–० र ६–१ को सोझो सेटमा पराजित भइन् । चीनका हुवाई चाङले भारतीय खेलाडी हर्दिया शालाई ६–२, ४–६, ६–४, चीनकै सुहाङ लियाङले मलेसियाका हुई ईल सुलाई ७–५ को समान सेट तथा जापानका अइका नागासावाले भारतका रिया उबोभेजालाई ६–३ र ६–४ को सेटमा जित निकालिन्।

पुरुष व्यक्तिगततर्फको प्रतिस्पर्धामा जापानका साटोरु नाकाजिमाले भारतीय खेलाडी हीरक भोरालाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् भने भारतका आर्यन लक्ष्मणले भारतकै आदित्य वरदान रोय चौधरीलाई ७–५ को समान सेटमा पराजित गरिन् ।

भारतीय खेलाडी कृष्ण होडाले हङकङका म्याक्स सुन हाङ वाकमाथि ६–१ र ६–२ को सेटमा जित निकालिन् भने जर्मनका पाउल अर्मिन अल्ब्रक्टले फ्रान्सका लुकास फन्तलालाई ६–२ र ६–४ को सेटमा पराजित गर्दा जापानका शोगो साण्डाले भारतीय खेलाडी प्राञ्जल तिवारीलाई ३–६, ६–०, ६–२ को सेटमा जित निकलिन् । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा नेपालका सम्याक बज्राचार्य र आर्यन गिरीको जोडी ६–३ र ६–४ को सेटमा भारतका आदित्यवरदान रोय चौधरी र जैसभिन सिन्दाको जोडीसँग पराजित भइन् ।

जापानका साटुरो नाकाजीमा र शोगो साण्डाको जोडीले मलेसियाका हेडन खु मेनन र जापानिज खेलाडी रोहिइ मियाकी को जोडीलाई ६–१, ७–५ को सेटमा पराजित गर्नुभएको प्रतियोगिता संयोजक सूर्य भुजेलले जानकारी दिए । प्रतियोगितामा विजेता खेलाडीले अङ्क प्राप्त गर्ने र प्राप्त अङ्कका आधारमा खेलाडीको वरियता निर्धारण हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस