काठमाडौं । लोक सेवा आयोगले नासु वा सो सरहका प्राविधिक पदमा जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कन द्वारा गरिने बढुवाका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बढुवा पूर्तिका लागि राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) नायब सुब्बा वा सो सरहका पदमा दरखास्त दिन सूचना जारी गरेको छ ।
आयोगले कर्मचारी समायोजन ऐन, २०७५ अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु सोही ऐनको दफा १४ को उपदफा ४ बमोजिम समायोजन पूर्व बहाल रहेको एक श्रेणी माथिको पदमा बढुवाका लागि सम्भाव्य उमेदवार हुनसक्ने जनाएको छ ।
दरखास्त फाराम लोकसेवा आयोगको वेबसाइडबाट डाउनलोड गरी भर्न सकिने छ ।
उम्मेदवारले दरखास्त फाराम भरी अन्तिम मितिभित्र सम्बन्धित बढुवा समितिको सचिवालयमा बुझाइसक्नुपर्ने छ । म्याद नाघी आएको दरखास्त मान्य नहेने जनाएको छ ।
दरखास्त फाराम चैत्र ४ गतेसम्म भर्न सकिने आयोगले जनाएको छ ।
हेर्नुस् सूचना :