२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन्तला खेतीमा रमाउँदै कृषक : यस वर्ष ३० करोड आम्दानी

अ+ अ-

भोजपुर । यस वर्ष सुन्तला बिक्रीबाट रु ३० करोड बढी रकम भोजपुरमा भित्रिएको छ । उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ । जिल्लामा उत्पादन भएको सुन्तला धनकुटा, सुनसरी, झापा, मोरङ, धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका शहरमा जाने गरेको छ । करीव रु दुई करोड मूल्य बराबर आन्तरिकरुपमा खपत हुने र बाँकी अन्य जिल्लामा जाने गरेको केन्दका निमित्त कार्यालय प्रमुख योगन्द्रप्रसाद यादवले जानकारी दिए । कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष रु २८ करोड २९ लाख ४४ हजार बराबरको सुन्तला बिक्री भएको थियो ।

जिल्लामा ७८८ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनका लागि योग्य जमिन भए पनि हाल ५८७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । जिल्लाभर २८७ ठूला बगैँचा तथा सामान्यरुपमा पनि सो खेती हुने गरेको केन्द्रले जनाएको छ । अन्य बालीको तुलनामा सुन्तला खेतीबाट बढी आम्दानी र किन्नका लागि ठेकेदार बगैँचामै आउने भएका कारण कृषक सुन्तला खेतीमा आकर्षित हुने बताइएको छ ।

टेम्केमैयुङ गाउँपालिका–२ छिनामुखुका सुन्तला कृषक सुमन प्रधानले भने, ‘पहिला धरान, इटहरी ढाकार डोकोमा बोकेर सुन्तला बेच्नुपर्ने अवस्था थियो, अहिले बगानमै ठेकेदारको लर्को लाग्छ, थोरै मेहनतमा आम्दानी पनि राम्रो छ ।’

जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, भोजपुर नगरपालिकाको देउराली, हेलौछा, आम्तेक, बोखिम, पालुवा, दावा, हतुवागढी गाउँपालिकाको रानीवास, अरुण गाउँपालिकाको साङपाङ, प्याउली षडानन्द नगरपालिकाको मुलपानीलगायत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ । सुन्तला उत्पादन हुने क्षत्रमा प्रदेश तथा केन्द्र सरकारले सुन्तलाको पकेट तथा ब्लग स्थापना गरी कृषकलाई अनुदानको व्यवस्था गरेसँगै यसतर्फ झनै कृषक आकर्षित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस