२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारको अभियोग पत्र विरोधाभाषपूर्ण : काँग्रेस केन्द्रीय कार्य समिति

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफैँमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त भएको जनाएको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले आयोगले पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरेको आरोप लगाएको हो । ‘यो कार्य राजनैतिक पूर्वाग्रह र बदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ, यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गर्दछ’, बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेता गच्छदार कानूनी रुपमा सामना गर्दै निर्दोष सावित हुनुहुनेछ भन्ने काँग्रेसको विश्वास छ । बैठकले चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीसँगै सबै नेपालीलाई तत्काल उद्धार गरेर स्वदेश ल्याउन सरकार समक्ष माग गरेको छ । बैठकले उद्धारमा हुने ढिलाइले बढ्न सक्ने संक्रमणको जोखिम, त्यसले नेपालमा पर्न सक्ने गम्भीर असरबारे र स्वदेश ल्याएर राख्ने ‘क्वारेन्टाइन’ लाई सम्पूर्ण रुपले व्यवस्थित र सुरक्षित ढङ्गले प्रबन्ध गर्न सरकारलाई सजग गराएको छ ।

राजधानीमै दिनदहाडै नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीका श्रीमती मुना कार्कीको हत्या भएको घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको जनाएको छ । यसलाई समाजमा बढ्दो हिंसा र असुरक्षाको प्रतिनिधि घटनाका रुपमा लिँदै काँग्रेसले शान्ति सुरक्षाको प्रश्नमा गम्भीर हुन सरकार समक्ष अपिल गर्दै घटनाको गहिरो अनुसन्धान र दोषी माथि कारवाहीको माग गरेको छ ।

यसैगरी अछाम पञ्चदेवल विनायक नगरपालिका–२ का काँग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष पदमबहादुर धामीको यही माघ २० गते भएको हत्यालाई बैठकले गम्भीरतापूर्वक लिएको जनाएको छ । घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई आवश्यक कारवाही गर्न काँग्रेसले सरकारसँग माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठक माघ २९ गते २ः०० बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस