आइजीपीबारे टुंगो लगाउन मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आइजीपीबारे टुंगो लगाउन मन्त्रिपरिषद् बैठक बस्दै


२७ माघ २०७६, सोमबार


काठमाडौँ । नेपाल प्रहरी प्रमुखको टुंगो लगाउन आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । भोलिदेखि रिक्त हुन लागेको नेपाल प्रहरी प्रमुखमा कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक डाकेको स्रोतले बताएको छ ।

बैठक दिउँसो १ बजे बस्ने छ ।

आइजीपी सर्बेन्द्र खनाल ३० बर्षे सेवा हदका कारण भोलिदेखि अवकाश पाउने भएपछि नयाँ आइजीपीको लागि खोजि भएको छ ।

हाल नयाँ आइजीपीका लागि डिआइजीद्वय ठाकुर ज्ञवाली र तारणि प्रसाद लम्सालको नाम चर्चामा रहेको छ ।

सम्बन्धित समाचार : ठाकुर ज्ञवाली आइजिपी हुने पक्का, सोमबार नभए बिहीबार निर्णय हुने

नेपाल प्रहरीका २६ औं आईजीपी खनालसँगै एआईजीत्रय पुष्कर कार्की, धिरु बस्न्यात र ठूले राई पनि अनिवार्य अवकाशमा जाँदैछन् ।

यसैगरी अवकाश पाउने डीआईहरुजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, महेश बिक्रम शाह, नारायणसिंह खड्का, महेन्द्र पोखरेल, सुरेशबिक्रम शाह, पिताम्बर अधिकारी, शेरबहादुर बस्नेत, केदार रिजाल, दिनेश अमात्य, कमल जिटी, सुरज केसी, रामप्रसाद श्रेष्ठ, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, हरिभक्त जोशी, विनोद शर्मा घिमिरे, दानसिंह बोहोरा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस