४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइटिएफ टेनिसमा १७ देशका ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने

अ+ अ-

कास्की । पोखरामा भोलिदेखि सञ्चालन हुने अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन (आइटिएफ)को जुनियर यू–१८ टेनिस प्रतियोगितामा १७ देशका ६४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय टेनिस संघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन गरिने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको र स्वदेश तथा विदेशबाट समेत खेलाडी पोखरा आइसकेको प्रतियोगिताका संयोजक सूर्य भुजेलले बताए ।

प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, जर्मनी, सर्विया, जापान, मलेसिया, चीन, कोरिया, सिङ्गापुर, क्यानडा, अष्ट्रेलियालगायत देशबाट महिला ३२ र पुरुष ३२ गरी ६४ जना खेलाडीले अङ्कका लागि प्रतिस्पर्धा गर्ने निश्चित भएको उनले जानकारी दिए ।

प्रतियोगितामा नेपालबाट पुरुष तथा महिला ६/६ जना गरी १२ जनाले सहभागिता जनाउने भएकामा पोखराका नेहाल जङ्गबहादुर थापा, श्रेया भट्टराई र सौगात विकले प्रतिस्पर्धा गर्ने टेनिस संघका जिल्ला अध्यक्ष दोर्जे लामाले बताए ।

प्रतियोगिताले पोखरालाई खेलकूद शहरका रुपमा विश्वमा परिचित गराउँदै नेपाल भ्रमण वर्षलाई सफल बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन मद्दत पुग्ने विश्वास आयोजकको छ । शनिबार र आइतबार दुई दिन ६४ जना खेलाडीबीच छनोट चरणका खेल खेलाएर आठ/आठजना खेलाडी छनोट गरी माघ २७ गते प्रतियोगिताको औपचारिक उद्घाटन गरिने लामाले जानकारी दिए । विजेताले अङ्क प्राप्त गर्ने र प्राप्त अङ्कका आधारमा खेलाडीको वरियता निर्धारण हुने बताइन्छ ।रासस

प्रतिक्रिया दिनुहोस