२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली माटोमा सुन फलाउन सक्ने जनशक्ति उत्पादनमा लाग्नुस् : मन्त्री अर्याल

अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले नेपाली माटोमा सुन फलाउन सक्ने जनशक्ति उत्पादनतर्फ लाग्नुपर्ने बताएकी छन् । शहिद स्मारक जनस्वास्थ्य कलेज सिफलको ११ औं वार्षिकोत्सवको अवसरमा आज शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएका हुन् ।

अबको शिक्षा रोजगारमूलक शिक्षा भएको भन्दै मन्त्री अर्यालले रोजगारमूलक शिक्षा आजको आवश्यकता भएको बताइन् । अब प्रत्येक विद्यालयमा प्राविधिक शिक्षाको व्यवस्था हुनुपर्ने भन्दै उनले पढेको कुरा व्यवहारमा लागु गर्न सकिने शिक्षा हुनुपर्ने बताइन् ।

दक्ष जनशक्ति बाहिर पलायन गराउने कार्यको अन्त्य गरेर स्वदेशमै सम्भावनाहरुको खोजी गरिनुपर्ने उनको भनाई थियो । ‘अब हामीले हाम्रो ज्ञान बिक्री गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने हो । दक्ष जनशक्ति विदेश पठाएर समृद्ध नेपाल सुदी नेपाली भनेर अर्थ छैनु, मन्त्री अर्यालले भनिन्, ‘विदेश जाने जनशक्तिको उपयोग गर्नुपर्छ । अब हामीले युरोप, अमेरिका, अष्ट्रेलिया पलायन हुने जनशक्ति होइन नेपाली बाटोमा सुन फलाउने जनशक्ति उत्पादन गर्न सकौं ।’

सरकारले हरेक विद्यालयमा प्राविधिक शिक्षा चलाउनुपर्ने नीति ल्याएको भन्दै उनले प्राविधिक शिक्षा पढेर मुलुकलाई समृद्ध बनाउने अभियानतर्फ लाग्नुपर्ने धारणा राखिन् । प्राविधिक शिक्षा बोलीखाने भन्दा पनि गरिखाने शिक्षाको रुपमा परिचित भएको भन्दै मन्त्री अर्यालले पछिल्लो समय गरिएका विभिन्न अध्ययनले पनि प्राविधिक शिक्षाप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको देखाएको बताइन्।

नेपालमा काम गर्ने उमेर समुहका ६१ प्रतिशत जनसंख्या रोजगारीको क्षेत्रभन्दा बाहिर रहेको तथ्यांक रहेको भन्दै मन्त्री अर्यालले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम प्राप्त व्यक्तिहरूले साधारण शिक्षा प्राप्त व्यक्तिको तुलनामा उच्च तलब, रोजगार एवं स्वरोजगार भई आयस्तरमा बृद्धि एवं सहज जीवनयापन गर्न सहयोग पुग्ने बताइन् ।

कलेजले प्राविधिक जनशक्ति उत्पादनमा महत्वपुर्ण योगदान दिएको भन्दै मन्त्री अर्यालले अझ धेरै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिन जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस