२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन डटकम प्रश्नोत्तर, २०७६

अ+ अ-

१. हाल नेपालमा ६ वटा महानगरपालिका, ११ वटा उप महानगरपालिका, २७६ वटा नगरपालिका र कति वटा गाउँपालिका छन्?
२. नेपालको संविधानको कुन अनुसूचीमा विभिन्न ७ प्रदेशअन्तर्गत रहेका जिल्लाहरूको सूचि दिइएको छ ?
३. “नौ बहिनी” गाउँपालिका कुन जिल्लामा पर्दछ ?
४. कुन कानुनलाई “नागरिक संविधान” पनि भन्ने गरिन्छ ?
५. सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन कहिले जारी भएको हो ?
६. संविधानको प्रस्तावनामा पृष्ठभूमि, संविधान निर्माण गर्नुपर्ने कारण र थप कुन विषय समेटिने मान्यता रहन्छ ?
७. “शरीर माधं खलु धर्मसाधनम्” यो संस्कृत वाक्यको नेपाली अनुवाद के हुन्छ ?
८. आर्थिक कोरिडोरका रूपमा रहेको BCIM को पूरा रूप के हो ?
९. “Fidic Documents” के सँग सम्बन्धित छ ?
१०. नेपालमा सामुदायिक वनको उदगमस्थल भनेर कुन स्थानलाई चिनिन्छ जहाँ बन अनुसन्धान केन्द्र बनाइने भएको छ ?
११. ट्रायल, ट्रेमर्स र होप नामक पुस्तकका लेखक को हुन् ?
१२. पञ्चकोट बागलुङमा पर्दछ भने टिकुलीगढ कुन जिल्लामा पर्दछ ?
१३. वि सं २०७६ मा १०१औँ स्थापना दिवस मनाएको नगरपालिका कुन हो ?
१४. पशुपालनमा प्रयोग हुने साइलेज प्रविधि भनेको के हो ?
१५. डोरबहादुर विष्टको चर्चित पुस्तक फटालिज्म एन्ड डेभलप्मेन्टको नेपाली अनुवाद भाग्यवाद र विकास प्रकाशित भएको छ । अनुवादक को हुनुहुन्छ ?
१६. सङ्घीयताको बीजारोपण भएको मानिने मधिस आन्दोलन प्रारम्भ भएको दिन भनेर कुन दिनलाई लिइन्छ ?
१७. वर्तमान संविधानको कुन धाराले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ प्रदेश र स्थानीय तह गरी तीन तह हुने उल्लेख गरेको छ ?
१८. बागमती सफाइ अभियानले २०७६ माघ ११ गते शनिवार ३५०औँ हप्ता पूरा गरेको छ । यो अभियान कहिले सुरु भएको हो ?
१९. दुर्लभ चरा सारसको शरीरको अधिकतम तौल कति हुन्छ ?
२०. कुन नगरपालिकाले सारसलाई नगरपंक्षी घोषणा गरेको छ ?
२१. “मातृभूमिको चरणमा देह अर्पण गर्न पाउनु मेरो ठुलो सौभाग्य हो” भन्ने भनाई कसको हो ?
२२. नेपाली राष्ट्रिय महिला भलिबल टिमकी क्याप्टेन को छन् ?
२३. मेनोपेज भनेको के हो ?
२४. सिकलसेल, थालसिमिया र हेमोफिलिया यी तीनबिच के समानता छ ?
२५. मौलिक हकलाई छुट्टै भागमा समेटिएको पहिलो संविधान कुन हो र कति वटा हकहरू थिए?
२६. “Power corrupts and absolute power corrupts absolutely”. यो भनाई कसको हो ?
२७. अमूर्त सम्पत्ति वा अभौतिक वस्तुहरूमा सम्पत्तिको अधिकार अन्तर्गत के के पर्दछन् ?
२८. जन्मकैदभन्दा कम गर्न नमिल्ने फौजदारी अपराधहरू के के हुन् ?
२९. कुनै पनि वस्तुको तौल पृथ्वीको केन्द्रमा कति हुन्छ ?
३०. खाना पकाउने तेललाई वनस्पति घ्यूमा परिणत गर्ने प्रक्रियालाई के भनिन्छ ?
३१. जर्मन सिल्भर भनेर कुन कुन धातुको मिसावटयुक्त यौगिक (Alloy) लाई भनिन्छ ?
३२. हालै व्यापार सहजीकरणको लागि प्रयोगमा ल्याइएको पद्धति ECTS को पूरा रूप के हो ?
३३. वि सं १९९० को महाभूकम्पको घटनालाई लिएर भूँइचालो शीर्षकको कविता लेख्ने कविता को थिए जुन गोरखापत्रमा समेत प्रकाशित भएको थियो ?
३४. मैथिल भाषाको चर्चित उपन्यास “भोरका तारा” का लेखक को हुन् ?
३५. नेपाल सरकारले मेसिनले पढ्ने राहदानी वितरण कहिलेदेखि वितरण प्रारम्भ गरेको हो जसलाई International Organization for Standardization (ISO) ले गुणस्तरको मान्यता पनि दिएको छ ।
३६. २०६४ वैशाख ७ बाट प्रयोगमा आएको नेपालको राष्ट्रिय गान कति वटा गानहरूमध्येबाट चयनमा परेको हो ?
३७. हाल विभिन्न जिल्लाहरूमा शाखा विस्तार गरी मानव सेवामा सक्रिय रहेको मानव सेवा आश्रमको केन्द्रीय कार्यालय कहाँ रहेको छ ?
३८. वि सं २०७६ माघ ९ गते राष्ट्रिय सभाका कति वटा सिटका लागि चुनाव सम्पन्न भएको हो ?
३९. नेपाली सेनाले काठमाडौँ तराइ जोड्ने द्रुत मार्गको निर्माण कहिलेसम्म सम्पन्न गर्ने जनाएको छ ?
४०. माधवनारायण मेला लाग्ने साली नदी काठमाडौँ उपत्यकाको कुन नगरपालिकामा पर्दछ ?
४१. हरेक १०० वर्षमा कति वटा अधिक वर्ष हुन्छन् ?
४२. मगर समुदायमा प्रचलित मारुनी नाचमा रहने पुरुष समूहलाई के भनिन्छ ?
४३. “सबाल्टर्न” भनेको के हो ?
४४. सार्वजनिक वित्तीय व्यवस्थापनको अवस्था थाह पाउने विधि PEFA को पूरा रूप के हो ?
४५. नेपालमा निग्रो मूलको एकमात्र जाती भनेर कुनलाई भनिन्छ ?
४६. नेपाल सम्वत अनुसार पहिलो महिना कुन हो ?
४७. त्रिवर्षीय कुन योजनालाई “तयारीको योजना” पनि भनिन्थ्यो ?
४८. बुद्धको मरण (निर्वाण) सँग सम्बन्धित संरचना कुन हो ?
४९. नेपालमा कहिलेदेखि गते नै उल्लेख गरी पूरा मिति लेख्न प्रारम्भ भएको हो ?
५०. लोकतान्त्रिक संस्थाहरू कहिल्यै पूर्ण हुन सक्दैनन् । ती त जीवित कोशिकाहरू जस्तै निरन्तर नयाँरुपमा परिवर्तन हुँदै रहन्छन् । यो भनाई कसको हो ?

सही उत्तर
१. ४६० वटा
२. अनुसूची ४
३. प्युठान
४. देवानी कानुन
५. २०७१ साल
६. संविधानले अँगाल्ने सिद्धान्तहरू
७. शरीर स्वस्थ भए मात्र चित्त शुद्ध हुन्छ ।
८. Bangladesh, China, India, Myanmar
९. सार्वजनिक खरिद
१०. ठोकर्पा, सिन्धुपाल्चोक
११. डा रामशरण महत
१२. रुपन्देही
१३. ललितपुर महानगरपालिका
१४. घाँसलाई अमिल्याउने प्रविधि ताकि पशुहरूले राम्ररी खान्छन् ।
१५. वसन्त थापा
१६. २०६४ माघ ५
१७. धारा ५६
१८. २०७० जेठ ५
१९. १० केजी
२०. लुम्बिनी सांस्कृतिक नगरपालिका
२१. सहिद शुक्रराज शास्त्री
२२. अरुणा शाही
२३. महिनावारी सुक्ने प्रक्रिया
२४. यी तीन वटै रोग आनुवांशिक रोग हुन ।
२५. नेपाल अधिराज्यको संविधान, २०१५ र ४ वटा
२६. लर्ड एक्सन (ब्रिटिस इतिहासविद्)
२७. ट्रेडमार्क, पेटेन्ट र प्रतिलिपि अधिकार
२८. बलात्कार, जिउमास्नेवेच्ने र लागू औषध ओसारपसार ।
२९. शून्य
३०. हाइड्रोजिनेसन
३१. तामा, जस्ता र निकेल
३२. Electronic Cargo Tracking System
३३. सिद्धिचरण श्रेष्ठ
३४. डा धिरेन्द्र
३५. २६ डिसेम्बर २०१०
३६. १२९२ वटा
३७. हेटौडा
३८. १८ सिट
३९. सन् २०२४ मार्च
४०. शंखरापुर नगरपालिका
४१. २४ वटा
४२. मादले
४३. गरिबीको पिँधको वर्ग
४४. Public Expenditure and Financial Assessment
४५. झाँगड
४६. कथलाथ्व
४७. दोस्रो (२०१९-२०२१)
४८. स्तुपा
४९. वि सं १९६१ वैशाख १ गते
५०. विड्रो विल्सन

प्रतिक्रिया दिनुहोस