२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुरिलो खेतीमा कृषकको आकर्षण

अ+ अ-

बेझाड । पाल्पाको बगनासकाली गाउँपालिकाका कृषक व्यावसायिक कुरिलो खेतीमा आकर्षित भएका छन् । स्वास्थ्यका लागि फाइदाजनक र आम्दानी राम्रो हुने भएपछि यहाँका कृषकले व्यावसायिक तवरबाट कुरिलो खेती गर्न थालेका छन् ।

वडा नं ८ बराङ्दी क्षेत्रमा कुरिलो खेतीतर्फ कृषकको आकर्षण बढ्दो छ । बजारमा कुरिलोको माग बढ्दो र बजार मूल्य राम्रो पाएपछि यहाँका कृषक यस खेतीप्रति आकर्षित भएका हुन् । स्थानीय जीवलाल घिमिरेले तीन रोपनी क्षेत्रमा व्यावसायिक रुपमा कुरिलो खेती गरेका छन् । कुरिलो बिक्रीबाट गत वर्ष रु ५ लाखको आम्दानी गर्न सफल भएको उनी बताउछन्।

यहाँ उत्पादन भएको कुरिलो बुटवल बजार, बुटवलको भाटभटेनी र तानसेन बजारबाट माग आउने गरेको कृषक लुमकला घिमिरे बताउछिन् । प्रतिकिलो रु चार सयमा गाउँबाटै कुरिलो बिक्री भइरहेको छ । घिमिरेले जेटिएको जागिर छाडेर कुरिलो खेती गरेकी हुन् । उनले विभिन्न ठाउँठाउँमा कुरिलो खेतीसम्बन्धी तालीम पनि दिने गछिन् ।

सोही ठाउँकै केशवमणि बस्यालले छिमेकीले कुरिलो खेती लगाएर राम्रो कमाई गरेको देखेपछि गत वर्ष ८५ बोट कुरिलोका बिरुवा लगाएका छन् । यस वर्ष करीब २ सय बोट कुरिलो पुर्‍याउने उनको लक्ष्य छ । ‘पहिलो वर्षमा नै नसोचेको उत्पादन भयो, घरायसी प्रयोजन, आफन्त, छिमेकीलाई कोशेलीका रुपमा नयाँ उत्पादन दिएर पनि केही बजारमा बिक्री गरियो, अब बिस्तारै बर्सेनि व्यावसायिक तवरले कुरिलो बढाउँदै जानेछु’, बस्यालले भने ।

अन्नबाली लगाएर उत्पादन राम्रो लिन नसकिने जग्गामा साबित्रा बस्यालले कुरिलो लगाउन थालेकी छन् । उनले परीक्षणका रुपमा ९० बोटमा कुरिलो खेतीको व्यवसाय शुरु गरिन् । उनी राम्रो उत्पादन हुन थालेपछि यो वर्ष तीन सय बिरुवा थप गर्ने गरी बेर्ना तयार पार्दै छिन् । अन्य तरकारी बालीको तुलनामा कुरिलो खेतीबाट दोब्बर बढी आम्दानी लिन सकिने हुँदा कुरिलो खेतीलाई नै प्राथमिकता दिने उनको भनाइ छ ।

थोरै समय मिहिनेत गरेपछि प्रतिफल राम्रो पाइने, स्वास्थ्यका लागि अति उपयोगी, बजार भाउ राम्रो रहेकाले कुरिलो लगाएर कृषकले मनग्य आम्दानी गर्न सक्ने कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउछन् । एकपटक लगाएपछि लामो समयसम्म उत्पादन लिन पाइने हुँदा कुरिलो व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने कृषि प्राविधिक बताउँछन् । भिरालो पानी नजम्ने जमीनमा यसको उत्पादन राम्रो हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस