१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साढे नौ महिनापछि खुल्यो विश्वविद्यालयको ताला

अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला साढे नौ महिनापछि शनिबार बिहान खुलेको छ ।

गत चैत्रको अन्तिम साता नेपाल विद्यार्थी सङ्घ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालयको तत्कालीन उपकुलपति प्रा.भूषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टलाई पदमुक्त गरेपछि तालावन्दी गरेको थियो ।

‘एउटै विश्वविद्यालयमा दुई/दुई वटा उपकुपति र रजिष्ट्रार हुने अवस्था आएप्छि पदमुक्त भएकैलाई जिम्मेवारीमा फर्काउन तालावन्दी गरेका थियौँ’, नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रीय सदस्य कैलाश चन्दले भने, ‘विश्वविद्यालयको स्वायत्तता र प्रचलित ऐन नियमको अवमूल्यन गर्ने काम भएकाले हाम्रो असहमती हो ।’

नेविसङ्घले शनिबार प्रेस विज्ञप्ती जारी गरी विश्वविद्यालयमा उत्पन्न विवादको समाधानका लागि उच्चस्तरीय कार्यदल गठन भएको र सो कार्यदलले विवाद समाधानतर्फ उन्मुख भएको जानकारी गराएपछि तालावन्दी खुलाएको बताइएको छ । ‘कार्यदलको कार्यमा सहजीकरण गर्नका लागि तालावन्दी खोल्ने निर्णय लिएका हौँ,’ विज्ञप्तीमा भनिएको छ । नेविसङ्घले १५ दिनसम्म विवाद समाधान नभए पुनः थप आन्दोलन गर्ने चेतावनीसमेत विज्ञप्तीमार्फत दिएको छ ।

तत्कालीन उपकुलपति श्रेष्ठ र रजिस्ट्रार भट्टको कार्यशैलीप्रति असन्तुष्टी बढेपछि प्रधानमन्त्री कार्यालयले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम उनीहरुलाई जिम्मेवारीबाट पदमुक्त गरी गत चैत २७ गते विश्वविद्यालयकै विज्ञान तथा प्रविधि सङ्कायका डिन प्राडा पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा सङ्कायका डिन डा. गोविन्द विष्टलाई रजिस्ट्रारको जिम्मेवारी तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस