२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लामा पूजा गरेर हिमपात रोकिएको जन विश्वास

‘सेताम्मे डोल्पा बालबालिका रमाउँदै’

अ+ अ-

डोल्पा । तीन दिन देखि निरन्तरको भारी हिमपात भएपछि हिमपात रोक्न लामा पूजा गरिएको छ । शे–फोक्सुन्डो गाउँपालिका–९ पुग्मो गाउँमा हिउँ रोकियोस् भनेर लामा पूजा गरिएको हो ।

श्रद्धेय धर्म गुरु गेखो रिन्छेन ग्याल्छेनको नाममा रहेको स्तुपामा लामा पूजा गरेर हिउँ कम परोस् भनेर पुग्मो बासिले पूजा गरेको र पूजा पश्चात् हिउँ पर्न रोकिएको स्थानीय रिग्जीन बैजीले जानकारी दिए ।

लगातार तीन दिन हिउँ परेपछि घरबाहिर निस्कन समेत कठिन भएकोले स्थानीयहरूले हिउँमा नै गुरुको स्तुपामा पूजा गरेको स्थानीय बताउँछन् । हिउँ पर्न रोकिनुका साथै हिउँ पहिरोबाट क्षति नहोस् भनेर गुरु लामाको पूजा गरेको बैजीले दाबी गरे ।

डोल्पामा करिब २ फिट भन्दा धेरै हिउँ परेको छ । बुधवार रातिदेखि परेको हिउँले डोल्पा पुरै ढाकेको छ । यस वर्षकै सबैभन्दा धेरै हिउँ जमेको र जमिनमा तापक्रम बढी रहेकोले हिउँ भने जस्तो नजमेको पानी कार्यक्रमका संयोजक आङबहादुर लामाले बताए ।

‘हिमपात र वर्षाले जिल्लाका विभिन्न क्षेत्रको सञ्चार, विद्युत्, खाने पानी, सडक लगायत अवरुद्ध भएका छन् । एक गाउँबाट अर्को गाउँमा आवत जावत गर्न समेत मिल्ने अवस्था रहेको छैन’ जगदुल्लाका हरिबहादुर थापाले भने ।

हिउँ परेर थोरै भए पनि आकाश खुलेपछि बालबालिकाहरू हिउँमा रमाइ रहेका छन् । हिउँ खेल्दै बालबालिकाहरू घरबाहिर हिउँमा उफ्रिरहेका छन् ।

जति नै दिन हिउँ धेरै परेपनि कृषकहरूमा भने खुसी छाउने गर्दछ । मङ्सिर देखि फागुनसम्म परेको हिउँले मलको काम गर्ने भएकोले कृषकहरूलाई खुसीको कुरा भएको ६२ वर्षिया हस्तरुपा लामाले खुसी व्यक्त गरिन् ।

हिमपातले डोल्पाको जुफाल विमानस्थल समेत तेस्रो दिन पनि खुल्न सकेको छैन । तापक्रम माइनस ११ सम्म पुगे पनि हिउँ चाँडै पग्लेर जाने अनुमान स्थानीयले गरेका छन् । पहिलाका वर्षहरूको तुलनामा हिउँ पर्दै पग्लिँदै गरेको धेरैले बताएका छन् ।

तस्बिर : हिउँ रोक्न लामा पूजा गर्दै पुग्मो बासी । फोटो फिचर

प्रतिक्रिया दिनुहोस