१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भगिनी सम्बन्ध

अ+ अ-

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनको विश्व सम्पदा सूचीमा सूचीकृत काथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।

शुक्रबार लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र काथेरेस नगरपालिकाका प्रमुख लुइस सलया जुलियनबीच भगिनी सम्बन्ध विस्तार गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

स्पेनको एक्स्त्रेमादुरा प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री नुरीया फ्लोरेस रेडोन्डो र प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीको उपस्थितिमा भगिनी सम्बन्ध विस्तार गर्ने सम्झौतामा हस्ताक्षर गरिएको हो । यसैगरी स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशन र लुम्बिनी वरिपरिका नगरपालिका तथा गाउँपालिकाबीचमा पनि भगिनी सम्बन्ध विस्तारका लागि हस्ताक्षर भएको छ ।

लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोस म्यानुयल भिलानोभासँग देवदह नगरपालिका प्रमुख हीराबहादुर केसी, रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह, बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठ, मायादेवी गाउँपलिका प्रमुख धु्रवनारायण चौधरी, शुद्धोधन गाउँपालिका प्रमुख निसार अहमद खान र गैँडहवा गाउँपालिका प्रमुख बच्चुलाल केवटले भगिनी सम्बन्धमा हस्ताक्षर गरे ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले भगिनी सम्बन्ध विस्तारले दुवै देशको कूटनीतिक सम्बन्ध बलियो हुने विश्वास व्यक्त गरे । लुम्बिनीलाई आकर्षक पर्यटकीयस्थलको रूपमा विकास गर्ने तयारी भइरहेका बेला भएको हस्ताक्षर पर्यटन प्रवर्द्नमा र एक अर्को देशको संस्कृति आदान–प्रदानमा महत्वपूर्ण सावित हुने बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख चौधरीले बुद्ध जन्मस्थल लुम्बिनीलाई संसारसामु चिनाउन र लुम्बिनी वरिपरिका नगर र पालिकालाई आधुनिक एवं व्यवस्थित पालिकाको रुपमा विकास गर्न विभिन्न देशका शहरसँग सम्बन्ध स्थापना गरेर अगाडि बढ्ने तयारीमा रहेको बताए । काथेरेस नगरपालिकाका प्रमुख लुइसले बुद्ध जन्मस्थलमा आएर सांस्कृतिक नगरसँग भगिनी सम्बन्धमा हस्तारक्षर गर्न पाउँदा खुशी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस