४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होङ्गवान्जी न्यू डाइमण्ड कप भलिबलमा सात टोलीले खेल्ने

अ+ अ-

काठमाडौं । होङ्गवान्जी न्यू डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । बुधबारदेखि शुरु हुने उक्त प्रतियेगितामा भाग लिने टोलीबारे आयोजक न्यू डायमण्ड स्पोर्टस् क्लबले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

यही पुस २३ देखि २६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको तेस्रो संस्करणमा आयोजक न्यू डाइमण्ड, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल प्रहरीको पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, ढोरपाटन स्पोर्टस् क्लब, टप्स मावि पोखरा र पारामाउन्ट इङ्गलिश स्कुलले प्रतिस्पर्धा गर्ने क्लबका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कुमार राईले जानकारी दिए । प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइनेछ । प्रतियोगिताका खेल नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा हुने छन् ।

विजेताले रु चार लाख १०१, उपविजेताले रु तीन लाख १०१, तेस्रो हुनेले रु १ लाख ५१ हजार १०१ तथा चौथोले रु ५१ हजार १०१ पुरस्कार प्राप्त गर्नेछन् । गत वर्ष विजेताले रु ३ लाख १ हजार पुरस्कार प्राप्त गरेको थियो । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु २१ हजार १०० पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकलाई रु ७ हजार १०१ प्रदान गरिने संयोजक राईले जानकारी दिए ।

उक्त प्रतियोगिता सञ्चालन गर्न होङ्गवान्जी बौद्ध समाजले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ । आयोजक न्यू डाइमण्ड क्लब र समाजबीच आज सम्झौतापत्रका हस्तार भएको छ । होङ्गवान्जीले विजेता र उपविजेताले प्राप्त गर्ने पुरस्कारको प्रायोजन गर्नेछ भने मुक्तिनाथ विकास बैंकले तेस्रो तथा निलगिरि युथ क्लबले चौथो हुने टोलीले पाउने पुरस्कारको प्रायोजन गरेको संयोजक राईले बताए । प्रतियोगिताको पहिलो संस्करणको उपाधि आयोजक न्यू डायमन्ड क्लब तथा दोस्रो संस्करण सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको थियो ।

यसैबीच उक्त प्रतियोगिता सञ्चालन गर्नका लागि नेपाल भलिबल संघले ५ थान बल र एक थान जाली सहयोग गरेको छ । संघका महासचिव जितेन्द्रबहादुर चन्दले उक्त खेल सामग्री प्रतियोगिताका संयोजक राईलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस