काठमाडौं । घुस लिएको आरोप लागेपछि निलम्बनमा परेका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि मंगलबार रिजाललाई पक्राउ गरेको हो।
जिल्ला प्रशासन कार्यालय, दोलखामा तत्कालीन प्रमुख जिल्ला रहँदा उनले आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तहरूलाई धरौटीमा रिहा गर्न घुस मागेको खुलेपछि गृह मन्त्रालयले निलम्बन गरेको थियो।
केही समयअघि मन्त्रालयमा तानेर निलम्बन गरिएका रिजालमाथि भ्रष्टाचारजन्य कसूरमा अनुसन्धान गर्नुपर्ने देखिएपछि पक्राउ गरिएको प्रवक्ता प्रदीप कोइरालाले बताए।
सम्बधित समाचार : दोलखाका सीडीओमाथि अख्तियारले थाल्यो छानविन