३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिका लागि महिलाको महत्वपूर्ण भूमिका : उपसभामुख शर्मा

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समृद्ध नेपाल निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहने बताएकी छन् ।

नेपाल रेडक्रस कास्की शाखा लैङ्गिक तथा समावेशीकरण समितिद्वारा आयोजित २१ औँ महिला गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उनले प्राप्त हकअधिकारको उपयोग गर्दै आर्थिक समृद्धितर्फ महिला जोडिनुपर्ने बताइन् ।

उपभामुख शर्माले मुलुकका तीन वटै सरकारले महिला सशक्तीकरणका लागि विनियोजन गरिएको रकमका बारेमा महिला सचेत हुनुपर्नेमा जोड दिँदै महिला समाजका विपन्न एवं असहाय वर्गको सहारा बन्ने विश्वास व्यक्त गरिन् ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापतिद्वय डण्डराज पौडेल र कृष्ण तिमिल्सिनाले महिला सशक्तिकरणका लागि प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

शाखाका महामन्त्री धर्म अधिकारीले संस्थाले विभिन्न विकास निर्माणका साथै रक्तदान, एम्बुलेन्ससेवा जस्ता मानवीय सेवालाई विशेष महत्व दिँदै आएको जानकारी दिए ।

दुई दिने सो गोष्ठीमा शाखा अन्तर्गतका विभिन्न ४८ उपशाखाका ९६ जना महिलाको सहभागिता रहेको लैङ्गिक तथा समावेशीकरण समिति कास्कीका संयोजक एवं संस्थाका उपमन्त्री उर्मिला खड्काले बताए ।

पोखरा १२ उपशाखाका अध्यक्ष सूर्यप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका–१२ का वडाध्यक्ष रामबहादुर कार्की, इन्दिरा भण्डारी, मीना गुरुङ, प्रभा अर्याललगायतले तालीमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस