२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिँदै

सभामुखमा सुवास नेम्वाङकै सम्भावना

अ+ अ-

काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिने भएकी छन् । सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपसभामुख तुम्बाहाम्फेले बिहीबार राजीनामा दिने भएकी हुन् ।

सभामुख निर्वाचनको तालिका संसद् सचिवालयले पुष १४ गते तय गरेको छ । सभामुख र उपसभामुख एउटै दलको बनाउन नमिल्ने भएकाले सत्तारुढ दल नेकपाले उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा गराउन लागेको हो ।

सचिवालय स्रोतका अनुसार उपसभामुख तुम्बाहाम्फेले बिहिबार राजीनामा दिने तय गरेको छ । पर्सि शुक्रबार निर्वाचनप्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले बिहीबार नै उपसभामुखले राजीनामा दिने तयारी गरेकी हुन् । उपसभामुखले राजीनामा दिएपछि सभामुख र उपसभामुख दुबै पद रिक्त रहनेछन् । त्यसपछि ज्येष्ठ सदस्यलेबैठकको अध्यक्षता गरी निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

ज्येष्ठ सदस्य को रहने ?
उपसभामुखले राजीनामा दिएपछि राजपाका सांसद महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने जनाईएको छ । उनले निर्वाचन प्रक्रियासम्म प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् ।

सभामुख निर्वाचन कहिले ?
संसद सचिवालयले सभामुख निर्वाचनको तालिका पुष १४ गतेलाई तय गरेको छ । पुष १३ गते मनोनयन दर्ता गर्ने र १४ गते प्रतिनिधिसभा बैठकमा चुनाव गराउने कार्यतालिका रहेको छ ।

सभामुखमा कसको सम्भावना ?
अधिकांश नेकपाका नेताहरुका अनुसार सभामुखमा सुवास नेम्वाङकै सम्भावना रहेको छ । नेम्वाङ यस अघि पनि प्रतिनिधिसभा, अन्तरिम व्यवस्थापिका, दुवै संविधानसभा र संविधान बनेपछि पनि रुपान्तरित संसदमा सभामुख बनेका थिए । उनी कानुन र संविधानका जानकार रहेका र पार्टी र सरकारको स्प्रिट समात्न सक्ने भएका कारण पनि उनी नै सभामुखमा चयन हुने सम्भावना रहेको बताएका छन् ।

सभामुखका लागि पूर्व माओवादीबाट अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले इच्छा व्यक्त गरेको पनि नेकपा नेताहरु बताउँछन् । यस्तै उपसभामुख तुम्बाहाम्फेले पनि सभामुखको लागि दावी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस