२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रषण वर्ष सफल बनाउन फोटो पत्रकारको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिलाई सफल बनाउन फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाल फोटो पत्रकार महासंघको प्रथम महाधिवेशनको आज क्यामराबाट फोटो खिचेर उद्घाटन गर्दै उनले नेपालमा रहेका महत्वपूर्ण पर्यटकीय, धार्मिक, प्राकृतिक, हिमाली क्षेत्रको प्रचारप्रसार विश्व छिमकी तथा विश्वसामु गरी समृद्ध नेपाल बनाउन सार्थक भूमिका खेल्न आग्रह गरे ।

मुख्यमन्त्री राईले फोटो पत्रकारले देशलाई सही बाटोमा ल्याउन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा ठूलो भूमिका खेलेको स्मरण गर्दै संविधानले सबै वर्गको हकअधिकार र पेशाको सुरक्षाको प्रभावकारी कार्यान्वयनको सुनिश्चित गरेको बताए ।

उनले मुलुकको व्यापारघाटा न्यूनीकरणका लागि चियाको गुणस्तर कायम गरी निर्यातका लागि इलाममा चिया विकास कार्यालय स्थापना गरिएको जानकारी दिँदै बङ्गलादेशसँग कृषि उत्पादन निर्यातका लागि महत्वपूर्ण व्यापारिक छलफलका लागि आज राजदूत तथा अधिकारीसँग छफलफल कार्यक्रम राखिएको छ भने । मुख्यमन्त्री राईले प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रचारका लागि फोटो पत्रकारलाई भ्रमणमा सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मीले मन्त्री तथा नेताको कमीकमजोरी तथ्यसहित समाचार सम्प्रेषण गरेमा मुलुकमा सुशासन कायम हुने बताए । उनले प्रदेश सरकार पत्रकारको सुरक्षाप्रति चिन्तित रहेको छ भन्दै सरकारले कार्यविधि बनाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यावसायिक पत्रकारको जीवनयापनका लागि संघीय, प्रदेश र स्थानीय सरकारले विशेष नीति ल्याउनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश विष्टले फोटो पत्रकारलाई प्राविधिक दक्षता प्रदान गर्न महासंघले आवश्यक तालीमको आयोजना गरिरहेको छ भने । नेपाली कांग्रेस प्रदेश सचेतक केदार कार्कीले मुलकमा सुशासन कायम गर्न क्यामरा प्रयोग गर्न आग्रह गरे।

फोटो पत्रकार महासंघका केन्द्रीय सभापति ध्रुव आले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मोरङ अध्यक्ष ऋषि पोखरेल, नेपाली कांग्रेस मोरङ सचिव मोदराज घिमिरे, फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मी, प्रदेश प्रमुख बेदराज पौडेल, नेपाल पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेलले नेपाल भ्रमण वर्ष पूर्वसन्ध्यामा भएको यस कार्यक्रमले सकारात्मक सन्देश दिने र समृद्ध पत्रकार बनाउनुका लागि पत्रकारमैत्री कानून निर्माण गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेशको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेवापत पत्रकार मोहन भण्डारी र हर्ष सुब्बालाई रु २१ हजार १०० सहित दोसल्ला ओढाएर सम्मान गरे । महाधिवेशनमा ६४ जिल्लाका २०० प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ । महासंघ विसं २०७४ चैत २८ गते स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस