२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगिको छनोट सुरु

अ+ अ-

काठमाडौं । थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगिको छनोट सुरु गरिएको छ ।

बालबालिका र युवा युवतीहरुमा लुकेर रहेको प्रतिभालाई फेशन शो मार्फत उजागर गर्दै आइरहेको ड्रिम सर्च एजेन्सीले ‘टिन एस ए एण्ड एम फेशन रनवे’ थाइल्याण्ड इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रि किड्स, किड्स, प्रि टिन र टिनहरुको छनोट सुरु गरेको हो । यसका लागि पहिलो चरणको अडिसनबाट १२ जना छनोट भएको इभेन्ट अर्गनाइजर फाउण्डर कमल निकोन क्षेत्रीले जानकारी गराए । उनका अनुसार काठमाडौं, भक्तपुर, इटहरी, धरान, विराटनगर, पोखराबाट ३५ जना छनोट गरिने छ ।

ओपेरा रेष्ट्रो एण्ड ब्यानक्वेट बालुबाटार, काठमाडौंमा भएको पहिलो चरणको छनोटमा मिष्टर वल्र्ड नेपाल २०१९का अजयजंग रायमाझी, इथोज व्याण्डका विजय कँडेल, जिम प्रशिक्षक आशिस ढेवाजु निर्णयक रहेका थिए भने अतिथिहरुमा मिसेस टुरिजम एम्बेसडर २०१९ शिलाष्मा मल्ल, मिष्टर ग्लोबल टिम नेपाल २०२० साहिलजित चौधरीलगायतका रहेका थिए । छनोट चरणको कार्यक्रममा गायक प्रितम आचार्य र सुजन मार्फ तामाङले आ-आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतियोगिताको कोरियोग्राफरमा सुमन खड्का रहेकी छन् भने हेयर एण्ड मेकअप स्पर्श व्युटी इन्स्टिच्युट भक्तपुर रहेका छन् । आगामी अप्रिल २५ तारिखमा थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टबलमा यो सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुने कमलले जानकारी गराए । उनकाअनुसार प्रतिस्पर्धीहरुलाई ट्रेनिङको लागि थाइल्याण्ड बाटनै प्रशिक्षक आउनेछन् भने अन्तर्राष्ट्रिय मोडलसमेत सहभागी गराईने छ ।

सुपर मोडल, मेघा मोडल र फेशन मोडल जस्ता विभिन्न विधामा प्रतियोगिलाई सहभागी गराइने यो प्रतियोगिताका विजेतालाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनुका साथै म्युजिक भिडियो, वेव सिरिज, डकुमेन्ट्री, फिल्म, विज्ञापनलागयतमा सहभागी गराईने कमल निकोन क्षेत्रीले बताए । प्रतियागितामा ३.५ देखि १७ वर्ष उमेर समुहका बाल बालिकाले सहभागीता जनाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस