२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार अधिकृत बस्नेतविरुद्ध मुद्दा दायर

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

सेवा प्रवेश गरेदेखि मिति २०७६ असार मसान्तसम्म समग्र आय र व्यय तथा लगानीको अनुसन्धान गर्दा निज बस्नेतले गैरकानूनी रुपमा १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बराबरको सम्पत्ति आर्जन गरेको अनुसन्धानका क्रममा खुलेको आयोगले जनाएको छ ।

भोजपुरको षडानन्द नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–४ धूम्रबाराही बस्दै आएका निज बस्ने २०४५ सालमा लेखापाल पदमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए ।

सो अवधिमा उनको पारिश्रमिक बचत, घरजग्गा बिक्री, ऋण सापटी, घर बहाल, शेयर लाभांश, कृषि आय, भ्रमण भत्ता, सुन बिक्री, अंशबण्डाबाट प्राप्त आय, कमिशन तथा पुरस्कार, बीमा समेतबाट जम्मा एक करोड ७८ लाख २० हजार ९७५ रुपैयाँ ८२ पैसा देखिएको र सोही अवधिमा निजको व्यय तथा लगानीतर्फ जग्गा खरिद, घर निर्माण, सुनचाँदी खरिद, सवारी साधान खरिद, विदेश भ्रमण र नगद मौज्दातलगायत गरी ३ करोड १३ लाख ५९ हजार ७९३ रुपैयाँ ७३ पैसा लगानी गरेको देखिएको आयोगले जनाएको छ ।

भन्सार अधिकृतिका रुपमा रहँदा बस्नेतले आयातित सामानको भन्सार छुटाउदा व्यापारीसँग ठूलो मात्रामा घुस लिएको र त्यसबाट निजको आयभन्दा व्यय एक करोड ३५ लाख ३८ हजार ८१७ रुपैयाँ ९१ पैसा अधिक देखिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

निजले अख्तियारको दुरुपयोग गरी आर्जन गरेको अकुत सम्पत्ति आफ्नो जेठान नवीनकुमार गौली, निजका परिवारको सदस्य तथा खाँदबारीस्थित विभिन्न व्यापारीको खातामासमेत ठूलो रकम लुकाउन लगाएको अनुसन्धानबाट खुलेको छ । उनको व्यक्तिगत खाता बाहेक अन्य बैंक खातामा समेत रु ९ करोड २१ लाख ५२ हजार ७९२ जम्मा गर्न लगाएको आयोगले जनाएको छ ।

सार्वजनिक पदमा रहँदा गैरकानूनी आर्जन गरी अमिल्दो र अस्वभाविक जीवनस्तरयापन गरेको देखिएकाले बस्नेतलाई र उनका जेठान गौलीलाई समान १० करोड ६५ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बिगो मागदाबी गर्दै आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए । आरोपपत्रमा निज गौलीको श्रीमती सकुन्ताला र छोरा सुलभको नाममा रहेको सम्पूर्ण सम्पत्ति जफत गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस