३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ड्यूटिकै कर्मचारीले रगत दिएर बच्यो आमाको ज्यान

अ+ अ-

डोल्पा । जिल्लामानै शल्यक्रिया भएसँगै जिल्ला अस्पाताल डोल्पामा एक सातामा तिन वटा शल्यक्रिया भएका छन् । एक सुत्केरी आमालाई ड्यूटिमा रहेका कर्मचारीले नै रगत दिएर ज्यान जोगाएका छन ।

प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर शंकरप्रसाद राउत, एनेस्थेसिया सहायक सुरेन्द्रप्रसाद शाहको टोली डोल्पा पुगेपछि निरन्तर तीनवटा शल्यक्रिया सफल भएका छन् । शनिबार राती मात्रै अकस्मात शल्यक्रिया गर्नुपर्ने बाध्यता आएपछि कर्मचारीले नै रगत दिएर ११ बजे शल्यक्रिया गरेको डाक्टर रमेश रोक्काले जानकारी दिए ।

ठुलीभेरी नगरपालिका ११ की १८ बर्षीया तिला कार्कीको आपतकालिन शल्यक्रिया गर्नु परेको थियो । पाठेघरको मुख कम खुलेर बच्चा जन्मिन नसक्ने भएपछि आपत्कालीन शल्यक्रिया गर्नुपरेको स्टाफनर्स तारा बोहराले जानकारी दिइन ।

‘बच्चाले दिशा खाएको थियो आमाको पाठेघर खुलेपनि मुख सानो भएकोले जन्मिन सकेन’, नर्स बोहराले भनिन्, ‘प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर शंकरप्रसाद राउतले शल्यक्रिया गर्नुपर्ने भनेपछि ड्यूटिमा रहेका कर्मचारीले नै रगत दिएर शल्यक्रिया गरी एक आमा बचाउन सफल भयौँ ।’

तिला कार्कीको लागि चाहिने ए पोजेटिभ रगत ड्यूटीमा रहेका ल्याब टेक्निसियन प्रेमप्रकाश बुढा, स्टाफ नर्स दिलू बुढा र एनएम पुष्पा ओलीले रगत दिएर शल्यक्रिया सफल भइ आमाको ज्यान बचाउन सकिएको भन्दै डाक्टर रमेश रोक्काले खुसि व्यक्त गरे ।

‘जिल्लामा ब्लड बैंक छैन तर पनि निकै कठिन अवस्थामा शल्यक्रिया गरेर आमालाई बचायौं’, डक्टर रोक्काले भने, ‘समयमा अस्पताल नआउदा बच्चा खेर गयो ।’

राति दिएको रगतले नपुगेर दिउँसो प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकार लेखापाल शरद पाण्डेले रगत दान गरेको अस्पतालले जनाएको छ ।

तिलाको बच्चा पेटमा नै मरी सकेकोले बचाउन नसकेको चिकित्सक बताउँछन । पछिल्लो एक सातामा ठूलीभेरी नगरपालिका–६ दुरगाँउकी २३ वर्षिया बिमला रोकाया, वडा नम्ब–३ की २३ वर्षिया रजना शाही र ११ की १८ वर्षिया तिला कार्कीको शल्यक्रिया गरिएको छ ।

प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर शंकरप्रसाद राउत, एनेस्थेसिया सहायक सुरेन्द्रप्रसाद शाह, डाक्टर रमेश रोक्का, शल्यक्रिया स्टाफानर्स तारा बोहोरा, दिलु बुढा सहितको टोलीले एक आमा बचाउन सकेको जिल्ला अस्पतालले जनाएको छ ।

यस बर्ष मात्रै जिल्ला अस्पतालबाट जहाजमा ५ जना र २ जना हेलीकप्टरबाट नेपालगञ्ज तथा सुर्खेत शल्यक्रियाको लागि पठाइएको हो । अन्य ३७ जनाको जिल्ला अस्पतालमा सामान्य सुत्केरी गराइएको डाक्टर रोक्काले जानकारी दिए ।

यस भन्दा पहिला डोल्पामा शल्यक्रिया हुन नसक्दा यस वर्ष मात्रै एक जनाको हेलिकप्टरबाट उद्धार गर्दै गर्दा मृत्यु भयो भने १२ जनालाई उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस