३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला अस्पताल डोल्पामै सुरु भयो शल्यक्रिया

अ+ अ-

डोल्पा । जिल्ला अस्पाताल डोल्पाले दुई वर्षपछि शल्यक्रिया सुचारु गर्न सफल भएको छ । दुई वर्षदेखि ठप्प रहेको शल्यक्रिया सोमबारदेखि पुनः सुचारु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान(कास)ले विशेषज्ञ चिकित्सक नपठाएपछि बन्द भएको सेवा जिल्ला अस्पताल डोल्पाले सिईओएनसी कार्यक्रम मार्फत गाइनेकोलोजिष्ट र ऐनेस्थेसिया असिष्टेन्ट राखेर फेरी शल्यक्रिया सुरु गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

दुई वर्षपछि ठूलीभेरी नगरपालिका–६ दुरगाउँकी २३ वर्षिया बिमला रोकायाको सफल शल्यक्रिया गरिएको छ । बिमलाको पहिलो बच्चा नै उल्टो भएपछि डाक्टरले शल्यक्रिया गर्नुपर्ने सल्लाह अनुसार उनको जिल्ला अस्पताल डोल्पामा नै शल्यक्रिया गरिएको सुचना अधिकारी कर्ण विकले जानकारी दिए ।

प्रतिष्ठानले छोडेपछि शल्यक्रिया ठप्प भएको दुई वर्षपछि जिल्ला अस्पताल प्रमुख डाक्टर सिजन रावलले विशेष पहल गरी सेवा शल्यक्रिया सुचारु भएको हो । जिल्लामै शल्यक्रिया हुँदा आफनो लाखौँ रुपैयाँ जोगिएको र डोल्पाका नागरिकले अब केही हद सम्म सुत्केरीको शल्यक्रियाको लागि दुःख नपाउने भन्दै बिमलाका दाइ सन्तप्रसाद रोकायाले खुसी व्यक्त गरे ।

प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर शंकरप्रसाद राउत, एनेस्थेसिया सहायक सुरेन्द्रप्रसाद शाह, डाक्टर रमेश रोक्का, शल्यक्रिया स्टाफानर्स तारा बोहोरा, स्वस्ती हमाल सहितको टोलीले जिल्ला अस्पताल डोल्पामा पुःन शल्यक्रिया सुचारु गरेको र सफल भएको जिल्ला अस्पताका सूचना अधिकारी कर्ण विकले जानकारी दिए ।

यस वर्ष मात्रै जिल्ला अस्पतालबाट जहाजमा ५ जना र २ जना हेलिकप्टरबाट नेपालगञ्ज तथा सुर्खेत शल्यक्रियाको लागि पठाइएको र अन्य ३५ जनाको जिल्ला अस्पतालमा सामान्य सुत्केरी गराइएको कर्णले बताए ।

करिब २ घण्टा लामो समय लिएर गरिएको शल्यक्रियाबाट आमा बिमला र उनको बच्चा निकै स्वस्थ रहेको प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर शँकरप्रसाद राउतले जानकारी दिए ।

अब जिल्ला अस्पताल डोल्पामा प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर सहित एनेस्थेसियाको टोली निरन्तर बस्ने भएपछि महिलाका पाठेघर तथा महिलाका अन्य सबै किसिमका रोगको चेकजाँच समेत निःशुल्क हुने जिल्ला अस्पताल प्रमुख सिजन रावले बताए ।

रावलका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुई वर्षसम्म सेवाबाट बञ्चित गराएपनि अब भने नियमित रुपमा जिल्ला अस्पतालले आफैं प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरको टोली राखेकोले डोल्पाका सबै आमाहरुले अकालमा ज्यान गुमाउने र लाखौँ खर्च गर्न नपर्ने दाबी गरे ।

प्रतिष्ठानले विशेषज्ञ चिकित्सक नपठाएपछि डोल्पामा शल्यक्रिया हुन नसक्दा यस वर्ष मात्रै एक जनाको हेलिकप्टरबाट उद्धार गर्दै गर्दा मृत्यू भयो भने ९ जनालाई उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस