त्रिविका २३ विद्यार्थीलाई ३१ पदक - प्रशासन प्रशासन

त्रिविका २३ विद्यार्थीलाई ३१ पदक


प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार १६:४२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २३ जना विद्यार्थीलाई ३१ पदक वितरण गर्ने भएको छ । उक्त पदक ४५ औँ दिक्षान्त समारोहमा प्रदान गरिने भएको हो ।

पदक पाउने विद्यार्थीको नाम पनि विश्वविद्यालयले सार्वजनिक गरेको छ ।

२३ जनामध्ये ८ जना छात्र र १५ जना छात्रा रहेका छन् । जसमा एक जनाले तीनवटा पदक प्राप्त गरेका छन् । ५ जनाले दुई–दुईवटा पदक प्राप्त गरेका छन् । १७ जनाले एक एक वटा प्राप्त गरेका छन् ।

दिक्षान्त समारोह आगामी पौष ३ गते हुने छ ।

Tags: ,

प्रतिक्रिया दिनुहोस