काठमाडौं । काठमाडौं विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरु आन्दोलित भएका छन् । प्रशासन वेवास्ता गरेका भन्दै कर्मचारी र प्राध्यापकहरुले आन्दोदित भएका हुन् ।
विश्वसिवद्यालयको सभा र कार्यकारी परिषद्मा सहभागी गराउन पूर्व सहमति विपरित प्रशासनले वेवास्ता गरेको भन्दै उपकुलपति र रजिस्टारको कार्यालयमा पुनः तालाबन्दी गरेका छन् ।
उनीहरुले कार्यकारी परिषद्को बैठक नं. ५८६ ले गरेको सम्झौताको स्वामित्व ६७ दिनसम्म पनि नगरेको भन्दै सहमति कार्यान्वयन गर्न नसके कार्यकारी परिषदका सदस्यहरुको राजिनामा माग गरेका हुन् ।
४० दिनको निरन्तर तालाबन्दीपछि भदौ ३१ गते भएको सम्झौतामा विश्वविद्यालय सभामा प्राध्यापक र कर्मचारीका एक एकप्रतिनीधि आमन्त्रित गर्ने सहमति भएको थियो।
काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघसँग गरेका सम्झौताका बुँदाहरु कार्यकारी परिषदले स्वामित्व ग्रहण गरिसकेको अवस्थामा विश्वविद्यालय व्यवस्थापनले सहमति उल्लंघन भएको भन्दै दुवै संगठनले मंसिर १० गतेसम्मको अल्टिमेटम दिएका थिए।