४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडकलाई प्राथमिकतामा राख्नुपर्छ : मन्त्री विश्वकर्मा

अ+ अ-

कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सडक पूर्वाधार निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेर स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना छनोट गरी बजेट बाँडफाँड गरेका छन् ।

कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा पूर्वाधार विकास कार्यक्रमको चालू आवको रु छ करोड बजेटबाट पोखरा महानगरपालिकामा १० योजनामा रु एक करोड ५० लाख तथा अन्नपूर्णमा १० र माछापुच्छ्रे गाउँपालिकामा ११ योजना छनोट गरी दुवै पालिकामा रु दुई करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।
मन्त्री विश्वकर्माले योजना छनोट गर्दा सडक पूर्वाधार तथा सिँचाइ आयोजना निर्माणलाई प्रमुख प्राथमिकतामा राखेका छन् । महानगरपालिकाअन्तर्गत छनोट भएका १० योजनामध्ये जैसीचौर खुट्टाको गौडा सडक स्तरोन्नतिका लागि रु ५० लाख, चिसापानी खोला बाटो निर्माण पोखरा–६ मा १५ लाख र प्रगतिमार्ग सडक पोखरा–५ लाई रु १३ लाख बजेट विनियोजन गरिएको छ ।

काउरे पोखरी–नेटा पोखरी ग्रामीण सडक पोखरा–१९, लामापाटा ग्रामीण सडक पोखरा–१९, विश्वकर्मा कल्याण समाज बहुउद्देश्यीय भवन पोखरा–१८, कन्यामार्गमा ढल निर्माण पोखरा–३, शाही टोलमा खानेपानी योजना पोखरा तथा पोखरा–६ को गैरा चौतारामाथि जाने सडक स्तरोन्नति योजनालाई रु १० लाख बजेट विनियोजन गरिएको छ ।

माछापुच्छ्रै गाउँपालिका–२ को वडा कार्यालयबाट रातोपानी, भलाबोट, गाउँपालिका केन्द्र–भिडाबारी–गैरीगाउँ धिताल धम्पुस सडक तथा मर्दी समिबगर हुँदै आनन्दढाँटी सैँती घट्ट सडक स्तरोन्नतिका लागि रु ५० लाखका दरले बजेट विनियोजन भएको छ । हिरीवगर नागी कालिमाटी सडक, टुटुङ्गा–ल्वाङ कोलेली सडक विस्तार, घट्टेखोला पिपलडाली देउराली मोटरबाटो स्तरोन्नति, उदिन ढुङ्गादेखि ठूली कुवासम्मको सडक स्तरोन्नति, छहराकुनादेखि मुरीसम्मको सिँचाइ नहर निर्माण, घारी भुर्जुङखोला सिँचाइ नहर र ढावापुल–धनगौडा सडक खण्डको खरीबोट र धनगौँडा सडक स्तरोन्नतिका योजनालाई प्रतियोजना रु १५ लाखका दरले बजेट विनियोजन गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी चुउनीपहरा हुँदै कलुवापोखरी शिवमार्ग ग्रामीण सडक तथा वडा नं ६ को ठोट्ने खोला ढाके सोक्जुङ्गा सडक स्तरोन्नति योजनाका लागि रु ५० लाखका दरले बजेट छुट्टाइएको छ । लक्ष्मी देउराली धारापानी रानीथोक सडकलाई रु १५ लाख, बगालेटोल बस्ती संरक्षण तथा पहिरो नियन्त्रण, प्रगतिशिल मावि खेलमैदान निर्माण, अभिमान मेमोरियल विद्यालय खेलमैदान, लान्द्रुक–तोल्का–आलुखोर–पोथना सडक, वनठाँटी मौरे ट्रेक पर्यटकीय मार्ग तथा प्रुम्धु क्युमे ग्रामीण सडक योजनाका लागि रु १० लाखका दरले बजेट विनियोजन गरिएको मन्त्री विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस