सुर्खेत । राष्ट्रिय बीमा संस्थान सुर्खेतको बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । प्रदेशमा पहिलो पटक तीन दिने तालिम कार्यक्रम सम्पन्न भएको हो ।
मंसिर ५ गतेदेखि आयोजित कार्यक्रममा ३३ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बीमा र यसको महत्व, सिद्धान्त र प्रकारहरु बो बारेमा जानकारी गराइएको थियो
।
त्यस्तै बीमा एैन नियमावली तथा बीमा संस्थानमा प्रचलित बीमा लेखहरु, बीमा बजारीकरण र अभिकर्ता व्यवसाय वृद्धिका तरिकाहरुको बारेमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा कवि प्रसाद पाठकले संस्थानको भावी कार्यदिसा र यस क्षेत्रको विस्तारमा बीमा अभिकर्ताले निर्वाह गुर्नपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए ।
संस्थानका सुर्खेत शाखा प्रमुख रमेश उपाध्यायले बीमाको इतिहास र राष्ट्रिय बीमा संस्थानको बारेमा प्रशिक्षर्थीहरुलाई जानकारी गराएका थिए ।