२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाद्वारा स्वास्थ्य शिविर

अ+ अ-

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ मा शनिबार आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ६०० भन्दा बढीको उपचार गरिएको छ ।

युनिक कलेज अफ मेडिसिन साइन्स एण्ड हस्पिटल प्रालि तथा नेपाली सेनाको राजविराजस्थित भीमदल गणको संयुक्त आयोजनामा आयोजित स्वास्थ्य शिविरमा ६०० भन्दा बढीले उपचार सेवा प्राप्त गरेको गणका कार्यअधिकृत अमरबहादुर थापाले जानकारी दिए ।

युनिक अस्पताल र सेनाले बस्तीमै गएर निःशुल्क जाँच र औषधि वितरण गरेपछि ठूलो राहत मिलेको जाँचका लागि आएका स्थानीयवासी बिरामीको भनाइ छ । जिल्लाको अतिविकट मानिएको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरामा गरीबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेका जनतालाई लक्षित गरी सो शिविर आयोजना गरिएको भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवरले बताए ।

यस्ता शिविर सेनाले विगतमा पनि विभिन्न विकट र विपन्न बस्तीमा लक्षित गरी चलाउँदै आएको जानकारी दिँदै यसलाई निरन्तरता दिने काम गरिएको उनले बताए । शिविरमा उपचारका लागि आएका बिरामीलाई निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो ।

यस्तै शिविरमा फेला परेका जटिल प्रकृतिका रोगीलाई सिफारिस गरी अस्पताल पु¥याउने र त्यहाँ निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको युनिक कलेज अफ मेडिसिन साइन्स एण्ड हस्पिटल प्रालिका प्रमुख जयप्रकाश ठाकुरले बताए । शिविरमा अस्पतालका निर्देशक डा सञ्जय सिंहको नेतृत्वमा डा रवीन्द्र चौधरी, डा संजित साह, डा प्रमोद साह, डा अमरेन्द्र यादव तथा भीमदल गणका १० स्वास्थ्यकर्मीसहित २५ सदस्यीय चिकित्सकको टोलीले शिविरमा जाँच गरेको थियो ।

प्रतिक्रिया दिनुहोस