३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औषधि खानै मान्दैनन् एचआइभी सङ्क्रमित

अ+ अ-

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी धनसरा विक विसं २०६३ देखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन्, तर विगत केही महिनादेखि उनी औषधि सेवन गरिरहेकी छैनन् ।

उनी आफूलाई निको भइसकेकाले अब सधैँ औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने जिद्दी गर्छिन् । एआरटी सेवन गर्न छाडेपछि उनलाई अन्य रोगहरुले सङ्क्रमण गर्न थालेको छ ।

धनसराजस्तै अन्य सङ्क्रमितले पनि औषधि सेवन गर्न आनाकानी गर्ने गर्छन् । ‘स्वास्थ्य संस्थाबाट औषधि लिएर जान्छन् तर घरमा लगेर थन्क्याइदिन्छन्’, सङ्क्रमित कमला मल्लले भनिन्, ‘एक सङ्क्रमित महिलाले २४ महिनासम्मको औषधि घरमै थन्क्याएको पाइयो ।’औषधि सेवन नगरेकै कारण ती महिलाको छिट्टै मृत्यु हुने कमलाको दाबी छ ।

विसं २०६२ मा पहिलोपटक आफू एचआइभी सङ्क्रमित भएको भन्दै खुलेकी कमला मल्लले भनिन्, ‘कयौँ सङ्क्रमितको औषधि सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधि खाएर केही हुँदैन भन्ने नकारात्मक सन्देश गएको छ, त्यसैले उनीहरु औषधि सेवन गर्दैनन् ।’

पछिल्लो समयमा यस्तो समस्या देखिएको जिल्ला अस्पताल डोटीका डा.गिरीष अवस्थी बताए । ‘लगातार औषधि खाएपछि कमजोर भइन्छ भन्ने एचआइभी सङ्क्रमितमा मानसिकता रहेको पाइयो’, डा.अवस्थीले भने, ‘लगातार औषधिको सेवन गर्न झण्झट मान्ने रहेछन् ।’ जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीडेन्टेन्ट डा.भुषण मिश्रले सङ्क्रमितलाई एआरटीको महत्वबारे जानकारी नभएका कारण उनीहरुले बीचमै औषधि सेवन गर्न छाड्ने बताए ।

‘लगातार औषधि खाँदा ‘साइड इफेक्ट’ हुन्छ भन्ने बुझाइ एचआइभी सङ्क्रमितमा रहेको छ’, डा.मिश्र भन्छन्, ‘तर एआरटी सेवन नगरे छिट्टै मृत्युको मुखमा पुगिन्छ भन्ने कुरा बुझेका छैनन् ।’डोटी जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ सम्पर्कविहीन रहेको जिल्ला अस्पतालका एआरटी शाखाका प्राविधिक कमल रेग्मीले बताए ।

जिल्ला अस्पताल डोटीबाट एआरटी सेवन गरिरहेका कूल ७६४ सङ्क्रमितमध्ये हालसम्म १५१ को मृत्यु भइसकेको रेग्मीले जानकारी दिए । उनका अनुसार ६० जनालाई जिल्ला बाहिर सिफारिस गरिएको छ । जिल्लामा रहेका अधिकांश स्थानीयवासी कामका लागि भारत जाने तथा त्यहाँ उनीहरुले गर्ने असुरक्षित यौन सम्पर्कका कारण जिल्लामा एचआइभी बढ्न थालेको छ ।

एचआइभी सङ्क्रमितबाट जन्मेका अधिकांश बालबालिकामा समेत एआइभी देखिएको जिल्ला अस्पताल डोटीको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । पछिल्लो समय जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढिरहेको जिल्लामा एचआइभीको क्षेत्रमा काम गर्ने संघसंस्थाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस