२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण सबै जिल्लामा

अ+ अ-

हेटौँडा । नमूना परियोजनाका रुपमा गत आर्थिक वर्षबाट शुरु गरिएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्रदेश नं ३ का सबै जिल्लामा विस्तार गरिने भएको छ । कार्यक्रममा प्रदेश नं ३ का सर्वसाधारणलगायत सबैको पहुँच विस्तार गरिने भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा सीमान्तकृत जाति, समुदाय, ज्येष्ठ नागरिक, द्वन्द्वपीडितलगायत दायरा निर्धारण गरेर मात्र मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको भए पनि यस आर्थिक वर्षदेखि भने सम्पूर्ण नागरिकलाई समेट्न लागिएको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए।

गत आवमा निर्धारण गरिएको दायरालाई फराकिलो बनाउँदै मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा सबै नागरिकलाई २५ प्रतिशत छुट दिने गरी कार्यक्रम बनाएर काम गर्न लागिएको मन्त्री दुलालले जनाकारी दिए । यो कार्यक्रम पहिलो वर्ष नमूना कार्यक्रमका रूपमा परीक्षणस्वरुप प्रदेशका पाँच अस्पतालबाट शुरु गरिएको भए पनि चालू आवमा भने प्रदेश मातहतका आठ अस्पताल र स्थानीय तहका वा सङ्घीय सरकारले सञ्चालन गरेका अस्पतालमा शुरु गर्न लागिएको हो ।

अधिकांश निजी विद्यालय मापदण्डविपरीत

हेटौँडा उपमहानगरपालिका क्षेत्रका विभिन्न संस्थागत विद्यालयको अनुगमनका क्रममा विद्यालयले पूरा गर्नुपर्ने मापदण्ड पूरा नगरेको पाइएको छ । साथै ती विद्यालयमा विभिन्न खालका समस्या देखिएका छन् ।

अनुगमनका क्रममा कतिपय विद्यालयका शौचालय अत्यधिक फोहर पाइएका थिए । साथै विद्यालयको चमेनागृहमा पत्रुखाना (जङ्कफुड) समेत बिक्रीका लागि राखिएको, शिशु कक्षाका विद्यार्थीलाई बस्ने उचित व्यवस्थापन नगरिएको, चिसोमा राखिएको, विद्यालयको कम्पाउन्डसमेत तारजालीले बेरिएको लगायतका समस्या पाइएका छन् ।

उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको नेतृत्वमा निजी विद्यालयको अनुगमन गरिएको हो । हेटौँडाका नवोदय शिशुसदन, सिद्धार्थ शिशुसदन माध्यमिक विद्यालय र उज्वल शिशु निकेतनलगायत विद्यालयको मङ्गलबार अनुगमन गरिएको हो । अनुगमनका क्रममा उज्वल शिशु निकेतनको शौचालय फोहर पाइएको थियो भने विद्यालयको चमेनागृहमा पत्रुखाना (जङ्कफुड) समेत बिक्रीका लागि राखिएको पाइएको थियो । साथै यस विद्यालयमा शिशु कक्षाका विद्यार्थीलाई चिसो भुइँमा राखिएको पाइएको नगरप्रमुख महतले बताए ।

यसैगरी सिद्धार्थ शिशुसदन विद्यालयमा आउने विद्यार्थीले पत्रुखानासमेत खाजाका रुपमा ल्याउने गरेको पाइएको छ । अनुगमनका क्रममा कतिपय विद्यालयले निजी विद्यालय खोल्दा पूरा गर्नुपर्ने मापदण्ड पूरा नगरेको पाइएको उनले बताए । नगरप्रमुख महतको नेतृत्वमा विद्यालयको शौचालय, चमेनागृह, कक्षाकोठालगायतका क्षेत्रको अनुगमन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस