२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्रकोट हत्याकाण्डका अभियुक्त पक्राउ

अ+ अ-

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा दुई बालिकासहित एक महिलाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनार र सोही ठाउँका माधव सुनार रहेको प्रहरीले जनाएको छ ।

तीन जनाको सामूहिक हत्या गरेपछि फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घले र केन्द्रिय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले बुधवार राति पोखराको हेम्जाबाट पक्राउ गर्न सफल भएको हो । हत्यामा संलग्न एक जना भने अझै फरार रहेको हुँदा निजको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ । हत्यामा संलग्न व्यक्तिहरु दुई सातापछि पक्राउ परेका हुन् ।

मृतकको पहिचान

चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा हत्या भएका तीनै जनाको शवको पहिचान खुलेको छ । मृतकहरुमा मोरङ जिल्ला कानेपोखरी–३ हरकपुर घर भई हाल पोखरा उपमहानगरपालिका–२५ लामाचौतारामा डेरा गरी बस्ने ३२ वर्षकी सरिता लिम्बू र निजका जुम्ल्याहा छोरीहरु सात वर्षीया गङ्गा मगर र जमुना मगर रहेको बताइएको छ ।

तीनै जना गत कात्तिक १६ गते चन्द्रकोट–३ अन्र्तगत हर्राचौरको आलुखरिया जङ्गलमा मृत अवस्थामा फेला परेका थिए । उनीहरुको हालसम्म कुनै नाम थर र वतन नखुलेका कारण शवको पहिचान हुन नसेकेपछि पाल्पा अस्पतालको चिस्यान केन्द्रमा राखिएको छ ।

हत्यामा संलग्न भएकाहरुलाई पोखराबाट जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइँदै छ । उनीहरुलाई ल्याइसकेपछि मात्र पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस