१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ ह्याकरलाई थुनामा राख्न पाटन उच्च अदालतको आदेश

अ+ अ-

काठमाडौँ । एटीएम सिस्टम ह्याकिङ गरी पैसा निकाल्दा निकाल्दै पक्राउ परेका चिनियाँ ह्याकरलाई थुनामा राख्न पाटन उच्च अदालतले आदेश दिएको छ। उच्च अदालत पाटनको वाणिज्य इजलासमा न्यायाधीशद्वय रामप्रसाद ओली र किरण पौडेलको संयुक्त इजलासले बिहीबार आदेश गरेको हो।

अदालतको आदेशसँगै ह्याकिङमा संलग्न पाँच जना चिनियाँ र एक जना फ्रेन्च नागरिक लु सिङ थुनामा रहनेछन् । एटीएम ह्याक गरेर पैसा निकाल्दै गरेका चिनियाँ नागरिकहरु लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र फ्रेन्च नागरिक सु लुसिङलाई अदालतले थुनामा पठाएको हो। सोही प्रकरणमा पक्राउ परेका तीन नेपालीलाई भने धरौटी बुझाएर रिहा गर्न आदेश दिइएको छ।

गत भदौ १४ मा काठमाडौंमा भएको उक्त प्रकरणमा गत भदौ १६ गते प्रहरीले ठमेलबाट नेपालय मनिचेन्जरका देवनाथ लामिछानेसहित रोशन प्रधान श्रेष्ठ र रेवती दवाडीलाई नियन्त्रणमा लिएको थियो । अदालतले लामिछानेसँग ३० लाख रुपैयाँ र प्रधान र दुवाडीसँग जनही २६ लाख रुपैयाँ मागेको छ। रिहा भए पनि उनीहरुविरुद्ध महानगरीय प्रहरी परिसरले विदेशी मुद्राको अपचलन गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंमा थप अनुसन्धान गर्नेछ।

पक्राउ परेका विदेशी नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर ८०, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद भएको थियो। सो क्रममा प्रहरीले उनीहरुबाट नेपालीसहित उक्त विदेशीमुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १/१ थान समेत बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस