३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक विकास मन्त्रालयद्वारा १६ वटा एम्बुलेन्स हस्तान्तरण

अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले खरीद गरेका १६ वटा आधुनिक सुविधायुक्त एम्बुलेन्स प्रदेशका नौवटै जिल्लाका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज धनगढीमा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरे ।

मन्त्रालयले कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पताललगायत अछामका चार, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङका दुई/दुई तथा बाजुरा र डोटीमा एक/एक गरी १६ वटा स्वास्थ्यचौकी तथा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलिण्डरबाहेकका सुविधा नभएको अवस्थामा नयाँ खरीद गरिएका एम्बुलेन्समा फुल एसीसहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सिजन सिलिण्डर, सुरक्षाका अन्य थुप्रै उपकरणलगायतको सुविधा रहेको बताइएको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले भन्सार छुटसहित कुल रु छ करोड २५ लाख १२ हजारमा ती एम्बुलेन्स खरीद गरिएको जानकारी दिए । उनले स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेका आधुनिक एम्बुलेन्सले अकालमै मृत्युवरणमा पुग्ने अवस्थामा रहेका मानिसलाई केही हदसम्म न्यूनीकरण गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा मन्त्री सुवेदीले हस्तान्तरण गरिएका एम्बुलेन्सको सञ्चालनका लागि चाहिने खर्च तथा मर्मतसम्भारका लागि सम्बन्धित स्थानीय तहले नै व्यहोर्ने गरी एम्बुलेन्स सुम्पिएको बताउए । उनले आफ्नो सम्पत्तिजस्तै गरेर एम्बुलेन्सको सही सदुपयोग गर्न स्थानीय तहहरुलाई आग्रह गरे ।

मन्त्री सुवेदीले आगामी दुई महिनाभित्र ८८ वटै स्थानीय तहका प्रत्येक स्वास्थ्य संस्था तथा अस्पतालमा भिडियो एक्सरे गर्ने मेशिन उपलब्ध गराउने गृहकार्यमा सरकार लागिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस