२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन प्रणालीलाई पुनःविचार गर्नुपर्छ : मन्त्री अर्याल

अ+ अ-

वीरेन्द्रनगर । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले अहिलेको निर्वाचन प्रणालीलाई पुनःविचार गर्नुपर्ने बताएकी छन् । अहिलेको निर्वाचन प्रणालीले महिलालाई प्रतिस्पर्धामा जान समस्या बनाएकोले यसमा पुनःविचार गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

‘निर्वाचनलाई मर्यादित बनाउनुपर्छ’, सञ्चारिका समूहले आज वीरेन्द्रनगरमा आयोजना गरेको महिला राजनीतिज्ञसँगको छलफल कार्यक्रममा मन्त्री अर्यालले भनिन्, ‘साम, दाम, दण्ड, भेद प्रयोग गरेर मात्र चुनाव जित्ने परिपाटी हावी भएको छ ।’

मन्त्री अर्यालले निर्वाचनसँग जोडिएको निर्वाचन प्रणालीको विषयमा बहस गर्न जरुरी रहेको बताइन् । निर्वाचनमा सबैको समान प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्छ भन्दै मन्त्री अर्यालले यसको प्रणालीलाई पुनःविचार गरेर अघि बढ्नुपर्ने जरुरी रहेको उल्लेख गरिन् ।

महिला आन्दोलनका कारण ल्याएको उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुपर्ने उनको सुझाव थियो । ‘हामीले आफ्नो पदमा बसेर काम गर्न सकेनांँ भने भावी पुस्ताले पत्याउँदैनन्’, उनले भनिन्, ‘त्यसैले महिलाको सक्षमतालाई हामीले उजागर गरेर देखाउनुपर्छ ।’

कार्यक्रममा कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तीले निर्वाचन प्रर्णालीलाई हेरफेर गर्नुपर्नेमा जोड दिइन्। महिला दोहोरो जिम्मेवारीका कारण पुरुष समान निर्वाचनमा होमिन असहज भएको भन्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा उनको जोड थियो । उनले कर्णाली संसद्मा महिलाको अर्थपूर्ण सहभागिता रहेको उल्लेख गरिन् । उनले यसका लागि महिला सांसद एकढिक्का भएर अघि बढेको औँल्याइन्।

कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय निकायका प्रतिनिधि तथा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सञ्चारिका समूहका निर्वतमान अध्यक्ष निर्मला शर्माले गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस