१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजार : झिनो अङ्कको वृद्धि

अ+ अ-

काठमाडौं । साताको पहिलो दिन करिब सात अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ०.९७ बिन्दुले बढेर एक हजार १४०.२६ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.०४ अङ्कले बढेर २५०.५१ मा पुगेको छ । नेप्से झिनो अङ्कले बढ्दा कारोबार रकम भने आइतबारको तुलनामा केही वृद्धि भएको छ । कुल १६३ कम्पनीको सात लाख ५९ हजार ७१२ कित्ता शेयर रु १९ करोड १८ लाख ५४ हजार ३३३ मा खरिदबिक्री भए । आइतबार १६१ कम्पनीको सात लाख ८४ हजार ७४० कित्ता शेयर रु १७ करोड ५५ लाख ४४ हजार ४७२ मा खरिदबिक्री भएको थियो ।

स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लागेको छ भने चार उपसमूहको शेयर घटेका छन् । बैङ्किङ ०.९२, विकास बैङ्क ०.८३, फाइनान्स १ र अन्य उपसमूह २.४६ बिन्दुले घट्दा होटल ५.६३, जलविद्युत् १७.४३, निर्जीवन बीमा १४.३८, उत्पादन ०.९६, लघुवित्त ५.६, जीवनबीमा ३.०३ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले बढेको छ ।

कारोबार रकमका आधारमा नविल बैङ्क शीर्ष स्थानमा रहेको छ । आइतबार आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको सो बैङ्कको शेयर आज रु एक करोड ९८ लाख ८६ हजार ४५३ मा खरिदबिक्री भयो । प्रभु बैङ्क रु एक करोड ६१ लाख ५३ हजार ५९२, चिलिमे जलविद्युत् कम्पनी रु एक करोड १९ लाख ५३ हजार ८२९, प्राइम कमर्सियल बैङ्क रु ९२ लाख ४६ हजार, नेपाल बैङ्क लिमिटेड रु ७० लाख ३१ हजार २६४ र कृषि विकास बैङ्क रु ५७ लाख २० हजार ७५२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९३ प्रतिशतले कमाउँदा चिलिमे जलविद्युत् कम्पनी ६.२४, नेरुडे लघुवित्त विकास बैङ्क ५.६९, एनआइसी एसिया ग्रोथ फण्ड ५.४७ र हाइड्रो इलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ४.५५ प्रतिशतले कमाए ।

यस्तै जोशी हाइड्रोपावर ४.८३, गुर्खाज फाइनान्स ४.३४, माउन्टेन हाइड्रो ३.७५, अरुण भ्याली हाइड्रोपावर ३.०६ र एनएलजी इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.६५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस