३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको समृद्धिमा चीन र भारतको साथ छ : अध्यक्ष प्रचण्ड

अ+ अ-

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिमा चीन र भारत दुवै मित्रराष्ट्रको साथ रहेको बताएका छन् ।

महोत्तरीको पिपरामा नेकपा महोत्तरीले आज आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले दुवै छिमेकी मुलुकको विकास चासोमा नेपाल परेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासबारे साझा चासो व्यक्त गरेको प्रचण्डको भनाइ थियो ।

नेपालको विकास र समृद्धिका लागि कृषिमा आधुनिकीकरण आवश्यक भएको प्रचण्डको भनाइ छ । ‘हाम्रो विकास र समृद्धिको मुख्य पक्ष कृषि नै हो’, पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘यस कुरालाई हृदयङ्गम गरेर नै नेकपा नेतृत्वको सरकारले तराईका फाँट/फाँटमा सिँचाइ पुर्‍याउन सुनकोशी–कमला र सुनकोशी–बाग्मती डाइभर्शन योजना अघि सारेको हो ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले आउने मङ्सिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीका जनतालाई नेकपाको पक्षमा मतदान गर्न पनि अपिल गरे । जनतासँग सधैँ आफ्नो पार्टी साथ रहने प्रचण्डको भनाइ थियो । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष र मटिहानी तथा बलवा नगरपालिकाका गरी तीन वटा वडाका वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये धेरैजसो नेकपाले शुरु गरेको दाबी गरे । जनताको साथ लिएर आफ्नो पार्टी नेतृत्वको सरकार समृद्धि अभियानमा निरन्तर जुटिरहेको पौडेलले बताए ।

त्यसैगरी समारोहलाई सम्बोधन गर्दै संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी एक वर्षभित्रै मुलुक पूर्ण साक्षर घोषणा गरिने गरी काम भइरहेको बताए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मैथिली भाषाका महाकवि विद्यापतिको स्मृतिमा उनको कर्मस्थल महोत्तरीको पिपरा गाउँपालिकाको दनौलीबनौलीमा रमणीय पार्क बनाउने प्रतिबद्धता जनाए ।

नेकपाले उपनिर्वाचनलाई लक्षित गरी शुभकामना आदानप्रदान नाम दिएर आयोजना गरेको जनसभालाई नेकपाका केन्दीय सदस्यहरु रामदयाल मण्डल, रामकुमार शर्मा र पार्टीका प्रदेश–२ अध्यक्ष प्रभु साहसहितले सम्बोधन गरेका थिए । कार्यक्रम नेकपा महोत्तरी इन्चार्ज तथा केन्द्रीय सदस्य राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।रासस

प्रतिक्रिया दिनुहोस