काठमाडौँ । गोकर्ण ६ माकलवारीमा सोमबार साँझ १८ वार्षीया युवतीमाथी बलत्कार गरेको आरोपमा अनेरास्ववियूका केन्द्रीय सदस्य एवं आरआर क्याम्पसका स्ववियू सहसचिव इन्द्रहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार बिहान ६ बजे जोरपाटीबाट राईलाई पक्राउ गरेको हो।
बौद्द बृत्तका डिएसपी रमेश सिंहले पीडित किशोरीको किटानी जाहेरीपछि राईलाई पक्राउ गरेको बताए। प्रहरीले युवतीको स्वास्थ्य परिक्षण गर्न परोपकार प्रसुती गृह लगेको छ।
देउसी खेल्न बोलाएर राईले बलत्कार गरेको किशोरीले बताएकी छिन्।