२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तास र कौडासहित १ सय २ जुवाडे पक्राउ

अ+ अ-

काठमाडौं । प्रहरीले विभिन्न जिल्लामा जुवातास खेल्ने १ सय २ जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिका, गुल्मीको गुल्मी, बर्दिया, चितवन, दाङलगायतका जिल्लाबाट जुवाडेहरु पक्राउ परेका हुन् ।

सूर्यविनायक नगरपालिका-७ गुण्डु बस्ने रामचन्द्र खतिवडाको घरमा जुवातास खेलिरहेको अवस्थामा खतिवडासमेत ८ जना सोमबार विहान पक्राउ परेका छन् । उनीहरुको साथबाट २ लाख ३७ हजार ५ सय रुपैयाँ र २ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ ।

भक्तपुरकै चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ३८ वर्षीय तीर्थराम माकाजुको घरमा तास खेलिरहेको अवस्थामा माकाजु समेत ६ जनालाई पक्राउ परेका छन् । उनीहरुको साथबाट ६३ हजार ३ सय ४२ रुपैयाँ र ३ बुक तास बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गुल्मीको गुल्मीदरवार गाउँपालिका-७ गलाम बस्ने लिल सिंह अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा रेसुङगा नगरपालिका-१२ बस्ने २५ वर्षीय सन्तोष टण्डनलगायत १७ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट २ लाख ८२ हजार ४ सय २२ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

वर्दियाको राजापुर नगरपालिका-१ बस्ने गुरिलाल थारुको घरमा जुवातास खेलिरहेको अवस्थामा २२ जना ४५ हजार ७ सय १९ रुपैयाँ र २ बुक ताससहित पक्राउ परेका छन् ।

वर्दियाकै बाँसगढी नगरपालिका-९ बस्ने मोहन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने प्रताप थारु लगायत ९ जनालाई नगद ८३ हजार ४ सय ५ रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चितवनको खैरहनी नगरपालिका-१ सिमलघारीस्थित कौडा खेलिरहेको अवस्थामा खैरहनी नगरपालिका-१ बस्ने ३८ वर्षीय अर्जुन डल्लाकोटी लगायत २० जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १ लाख ९१ हजार ८ सय ४५ रुपैयाँ र १६ थान कौडा बरामद गरेको प्रहरीले जनाएको छ ।

चितवन, भरतपुर महानगरपालिका-१४ महेन्द्र चोकस्थित महिनी पाटी प्लेसमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका-८ बस्ने ४२ वर्षीय कुलबहादुर भुजेललगायत १२ जनालाई ३ लाख ८४ हजार १ सय रुपैयाँ र १६ थान कौडासहित पक्राउ परेका छन् ।

दाङ, लमही नगरपालिका-५ लमहीबजार बस्ने ४८ वर्षीय रत्नप्रसाद श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा रत्नप्रसाद श्रेष्ठ लगायत ८ जनालाई नगद ६ लाख ७८ हजार ५ सय रुपैयाँ, १६ गड्डी तास र ३२ थान कौडासहित पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस