२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा

अ+ अ-

चितवन । भरतपुर महानगरपालिकालाई आज एक समारोहका बीच सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । भरतपुर महानगरपालिका, मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त प्रयासबाट सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको हो ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चारवटै संस्थालाई प्रतिबद्धतापत्र हस्तान्तरण गरेर औपचारिकरूपमा सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरेका हुन् । सो अवसरमा सहभागी सबैलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहयोगापेक्षी सडक मानवमुक्त बनाउन सहयोग गर्छु भन्ने शपथ खुवाएकी थिइन् ।

कार्यक्रम घोषणा गर्नुअघि असोज २७ गतेबट महानगरभर रात्रिकालीन उद्धार एवं परामर्श कार्य गरिएको थियो । सो क्रममा सडकमा फेला परेकाहरुको व्यवस्थापन गरिएको थियो । सहयोगापेक्षीहरुलाई भरतपुरमा रहेको मानव सेवा आश्रममा राखिएको छ ।

घोषणासभामा मुख्यमन्त्री पौडेलले सडकमा रहेका सहयोगापेक्षीहरुको व्यवस्थापनको दायित्व सरकारको रहेको बताए । सरकारले त्यस्ता मानिसलाई व्यवस्थापन गर्न प्रतिव्यक्ति रु तीन हजार दिने घोषणा गरिसकेको भन्दै उनले नेपालका सडकमा एक हजार २०० हाराहारी सहयोगापेक्षी रहेको बताए । उनीहरुको व्यवस्थापनका लागि तीनै तहको सरकार लाग्नुपर्ने उनको भनाइ थियो । देशैभर घोषणा नभएसम्म यसले पूर्णता पाउन कठिन हुने भन्दै उनले देश समृद्ध बन्नका लागि नेपाली समृद्ध हुनुपर्ने बताए ।

महानगरपालिका प्रमुख दाहालले आउँदा दिनमा सहयोगापेक्षीहरुको व्यवस्थापन महानगर आफैँले गर्ने बताइन्। हाल मानव सेवा आश्रमलाई घरभाडा र एउटा सवारी साधन महानगरका तर्फबाट उपलब्ध गराउने भन्दै उनले सबैको साथ र सहयोगको अपेक्षा गरिन् ।

सो अवसरमा वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले छिट्टै वीरगञ्जलाई पनि सहयोगापेक्षी मुक्त घोषणा गरिने बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशी, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान, सामाजिक अभियन्ता प्रभातकुमार जोशी, मानव सेवा आश्रमका संरक्षक गोविन्द टण्डन, संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायतले बोलेका थिए ।

विसं २०७१ देखि चितवनको सडकमा सहयोगापेक्षी सडक मानवमुक्त बनाउने अभियान शुरु गरेको यस संस्थाले हालसम्म ५०० जनाको उद्धार गरेको जनाएको छ । उनीहरुमध्ये ३०० लाई पुनःमिलन गराइएको छ भने अहिले १०० जना आश्रममा आश्रित रहेका छन् ।

मानव सेवा आश्रमको सहयोगमा यसअघि गोरखा नगरपालिका, मकवानपुर जिल्ला, पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, बुटवलको सिद्धबाबाधाम क्षेत्र र काठमाडौंको पशुपति मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय तह र सरोकारवाला सङ्घसंस्थाको अगुवाइमा ती क्षेत्रहरुलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाइएको हो । घोषणासँगै भरतपुर महानगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त नेपालको पहिलो महानगर बनेकोे छ ।

विसं २०६९ भदौ १३ गते मकवानपुरबाट मानव सेवा आश्रमले काम थालेको हो । अध्यक्ष अधिकारीका अनुसार हालसम्म सात प्रदेशका १४ जिल्लाका १६ केन्द्रमार्फत सेवा दिइँदै आएको छ । ती केन्द्रहरुमा ८०० जनाले संरक्षकत्व पाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस