साझालाई तत्काल विद्युतीय बस खरिद प्रक्रिया रोक्न सरकारको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

साझालाई तत्काल विद्युतीय बस खरिद प्रक्रिया रोक्न सरकारको निर्देशन


३ कार्तिक २०७६, आइतबार


काठमाडौं । सरकारले साझा यातायातलाई बिजुली बस खरिद गर्ने प्रक्रिया रोक्न निर्देशन दिएको छ । बिजुली बस खरिद गर्ने अन्तिम चरणमा रहेको साझालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

सरकारले एक वर्ष अगाडि नै साझालाई ३ सय वटा बिजुली बस किन्न अनुमति दिएको थियो । तर, आफ्नै निर्णयविरुद्ध सरकारले चालेको उक्त कदमको साझाले विरोध गरेको छ ।

साझाले बस खरिद गर्न पत्र आएको तर, त्यसको कारण भने नखुलाइएको जनाएको छ । साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधरले मन्त्रालयले छलफलका लागि बोलाएको बताएका छन् ।

सरकारले विद्युतीय बस किन्न गत साउनमा एकैपटक ३ अर्ब रुपैयाँ साझा यातायातलाई उपलब्ध गराएको थियो । यस्तै विद्युतीय बस खरिदकै लागि प्रदेश ३ सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललितपुर महानगर र स्वयंम साझाले समान साढे २ करोड हालेर ४५ करोड रुपैयाँ जम्मा गरिएको छ ।

बस किन्नका लागि रकम आएपछि साझासहित विभिन्न सरकारी अधिकारीहरु भारतमा चलेका चिनियाँ कम्पनीका बसको अवलोकन गर्न भारत पुगेका थिए । ती बस हेरेर टोली फर्किएपछि खरिदको प्रक्रिया अघि बढेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस