४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वुमन्स च्याम्पियन्स लिगः काठमाडौँद्वारा पोखरा पराजित

अ+ अ-

काठमाडौं । क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा यहाँ जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा क्याट क्विन्स काठमाडौँ विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँले पोखरा पल्टनलाई ८२ रनले हरायो । बुधबार भएको उद्घाटन खेलमा काठमाडौँ चितवनसँग पाँच विकेटले पराजित भएको थियो । आज पहिले ब्याटिङ गर्दै काठमाडौँले पोखरालाई १५३ रनको लक्ष्य दिएको थियो ।

पोखरा १६ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै ७० रनमा समेटियो । पोखराका लागि कप्तान सीता रानामगरले सर्वाधिक १७ तथा बिन्दु रावलले १३ रन बनाइन् ।

पोखरालाई ७० रनमा समेट्ने क्रममा काठमाडौँकी सरस्वती चौधरी र अप्सरा बेगमले दुई/दुई विकेट लिइन् । त्यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५२ रन बनाएको थियो । काठमाडौँका लागि कप्तान रुविना क्षेत्रीले अविजित ८३ रन बनाइन् । उनले ६७ बल खेल्दै दुई छक्का र १४ चौका प्रहार गरिन् । यस्तै रोमा थापाले १९, सोभा आलेले १२ र ईश्वरी विष्टले अविजित १० रन जोडिन ।

बलिङतर्फ पोखराकी अनुराधा चौधरीले चार विकेट लिइन् भने कविता कुँवरले एक विकेट हात पारिन् । आगामी कात्तिक ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइन्ट्स सहभागी छन् । प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले टिभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।रासस

प्रतिक्रिया दिनुहोस