३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति रहेको पाइएको छ ।

नेपाल रेडक्रस सोसाइटीद्वारा वीरेन्द्रनगरमा सञ्चालित सुर्खेत आँखा अस्पतालमा आउने बिरामीको तथ्याङ्कलाई आधार मानेर अस्पतालले प्रदेशमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति रहेको अनुमान गरेको हो ।

अस्पतालका अनुसार करीब ९ हजार नागरिकमा मोतियाविन्दुको समस्या छ । अस्पतालका प्रबन्धक घनबहादुर थापाले बिरामीमध्ये तीन हजार ४०० नागरिकसम्म मात्र उपचारको पहुँच पुगेको बताए ।

‘कर्णालीका कतिपय जिल्लामा स्तरीय आँखा उपचार केन्द्र छैनन्, दूरदराजमा अझै आँखाको समस्यालाई स्वास्थ्य समस्या मान्ने गरिएको छैन्’, उनले भने, ‘आँखा संवेदनशील अङ्ग भए पनि भौगोलिक विकटता, साक्षरताको कमी र गरीबीका कारण थुपै्र न्यून दृष्टियुक्त व्यक्तिहरु अस्पतालसम्म आउन सक्दैनन् ।’

कर्णाली प्रदेशको एक मात्र सुविधासम्पन्न आँखा अस्पताल भएकाले यहाँ दिनहुँ बिरामीको भीड लाग्ने गर्दछ । प्रबन्धक थापाले प्रदेशका ६० हजार नागरिकलाई वर्षेनी आँखासम्बन्धी समस्याको निदानका साथै परामर्श दिने गरेको जानकारी दिए ।

आँखामा समस्या हुँदा मात्र होइन, आँखा स्वस्थ हुँदा पनि कम्तीमा वर्षको एकपटक विशेषज्ञद्वारा आँखा जाँच गराउन जरुरी रहेको उनको भनाइ छ । अस्पतालले हालसम्म झण्डै एक हजार बढीको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ ।

प्रतिक्रिया दिनुहोस