३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिर्गौलापीडितलाई तीन लाख सहयोग

अ+ अ-

दमौली । दुवै मिर्गौला फेल भई काठमाडौँमा उपचार गराइरहेका तनहुँको म्याग्दे गाउँपालिका–५ थर्पुका सोमनारायण श्रेष्ठलाई थर्पु नेवा खलको सक्रियतामा सङ्कलित रु तीन लाख २३ हजार सहयोग गरिएको छ ।

छ महीनाअघि मिर्गौला फेल भएर डायलासिस गराइरहेका श्रेष्ठको मस्तिष्कमा पनि समस्या देखिएपछि शल्यक्रिया गरिएको छ । हाल उनको काठमाडौँस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले नेवा खलको सक्रियतामा रकम सङ्कलन अभियान सञ्चालन गरिएको निवर्तमान अध्यक्ष एवं तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार एकाइका सभापति भीमलाल श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार पहिलो चरणमा सङ्कलन भएको उक्त रकम पीडितलाई प्रदान गरिसकिएको साथै रकम सङ्कलन अभियान जारी रहेको छ । ‘श्रेष्ठको उपचारका लागि देश तथा विदेशबाट सहयोग आउनेक्रम जारी छ’, उनले भने, ‘पीडितको आर्थिक अवस्था दयनीय रहेकाले थप सङ्कलन भएको रकम हस्तान्तरण गर्नेछौँ ।’

थर्पुस्थित मीन माध्यमिक विद्यालयका सहायक कर्मचारी श्रेष्ठलाई कल्याणकारी कोषमार्फत् पनि रु ५२ हजार सहयोग प्रदान गरिएको थियो । यस्तै न्यु भिजन युवा क्लबको सक्रियतामा सङ्कलित रु ३० हजार ७९० पीडितका आफन्तलाई प्रदान गरिएको क्लबका अध्यक्ष सन्दीप रानाभाटले जानकारी दिए । ‘पीडितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले जामुने बजारमा अभियान सञ्चालन गरेका थियौँ,’रानाभाटले भने, ‘स्वःस्फूर्तरुपमा सङ्कलन भएको रकम पीडितका आफन्तलाई हस्तान्तरण गरेकाछौँ ।’रासस

प्रतिक्रिया दिनुहोस