२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उडायो सपना सबै हुरीले…

अ+ अ-

प्रदेश नं २ का आठ जिल्लामा दशैंको रौनक छाए पनि बारा जिल्लाको तेलकुवामा रहेको मुसहर बस्तीमा मुरलीधरको गीत घन्किरहेको छ, “उडायो सपना सबै हुरीले…” । एक साठी ६० घरधुरी रहेको मुसहर बस्तीको अधिकांश घरका बालबालिका उही थोत्रो लुगामा फोहरमैलामा खेलिरहेका छन् । बस्तीमा दशैँको उल्लास देखिएको छैन । “दुई छाक टार्न धौ धौ हुन्छ, बच्चाहरु नाङ्गै छन्, हाम्रो केको दशैं हुनू ? हाम्रो लागि त दशैँ होइन दशा पो रहेछ”, स्थानीयवासी बाबुलाल माझी टाउकामा हात राखी पीडा पोख्नुहुन्छ, “यस पालि मात्रै हो र, हाम्रो लागि त प्रत्येक वर्ष दशैँ दशा मात्र हुँदो रहेछ ।”

गाउँकै अन्य बस्तीमा दशैँको रमाइलो छाएको छ । नयाँ नयाँ लुगा, मीठो खानेकुरा को चलन छ त दलित बस्तीमा भने भात नै ठूलो कुरा भएको छ । “मीठो मसिनो खाने र नयाँनयाँ लुगा लगाउने कसलाई मन पर्दैन”, बस्तीका भरछिया माझी भन्छन्, तर हामीले आफ्ना बालबालिकालाई दुई छाक दाल, भात, तरकारी खुवाउनु भनेको सपना जस्तो भएको छ ।”

बस्तीका बालबालिका मासुको एक चोक्टा पनि नपाउँदा नदीखोलामा चहार्दै माछा, घोघही र गंँगटो मार्न यताउता भौँतारिरहेको देखिन्छ । बस्तीमा राससकर्मी पुग्दा अधिकांश बालबालिकाको शरीरमा कपडा थिएन । त्यहाँका बूढापाकाको एउटै भनाइ थियो, “हाम्रो बालबलिकाको बाँच्ने परिवेश यस्तै हो । नत पेटभीर खाना नै हुन्छ न त राम्रो तथा सुकिला कपडा नै हुन्छ । सबै मीठो मसिनो खाइरहेका छन् तर हाम्रो घरमा चुल्हो बल्ने स्थिति नै छैन । नजीकको गाउँमा दशैँ मेला लागेको छ । बालबालिकाले मेला भर्न कराइरहेको भए पनि उनीहरुलाई मेला पठाउन सकिएको छैन ।”

गएको चुनावका बेला त नेताहरु आएर ठूल्ठूला भाषण गरेर गए तर मुसहर बस्तीको दयनीय र कारुणिक अवस्थालाई उकास्नेतर्फ कसैले ध्यान नदिएको लोरिक माझी बताउँछन्। माझीले भने, “हाम्रो दैनिकी कसरी बितिरहेको छ कसले हेर्ने ? भोट लिने नेताहरु आजसम्म फर्केर आएका छैनन्, हामी त भोट बैंँक मात्र हौँ ।”

बारा जिल्लाको सदरमुकाम कलैयाको बरियारपुर सडक खण्डको भुतही पुलदेखि करीब दुई किमीको दूरीमा रहेको मुसहर बस्तीको छेउमै खोला रहेकाले वर्षाको समयमा बस्ती जोखिममा पर्ने गरेको अधिकारकर्मी श्यामबाबु यादव बताउँछन् । मजदूरीबाहेक कुनै रोजगारी नरहेकाले उनीहरुले चाडपर्वमा रमाइलो गर्नु भनेको मीठो सपना देख्नु मात्र भएको यादवको भनाइ छ ।

सधैँ अभाव र पीडामा बाँचिरहेका मुसहरहरु छाप्रो तथा छानाविहीन घरमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै तनु माझी भन्छन्, “न त घरमा अन्न छ न वस्त्र नै, शिक्षाको कमीको कारण मजदूरी नै जीविकोपार्जन गर्ने माध्यम भएकोले सधैँभरि साहु महाजनको ऋृणमा नै डुब्नुपर्छ । रोजगारीको अर्को विकल्प हामीसँंग छैन ।”

दशैँ जस्ता चाडपर्व त धनी मानिसको लागि भएको र चाडपर्व आउँदा आफूहरु झन् ऋृणमा डुब्ने गरेकाले आफ्ना लागि यस्तो चाडपर्व नआइदिए हुने लक्ष्मण सदा बताउँछन् । उनले पीडा पोख्दै भने, “हामी त नेताहरुको लागि भोट बैंक भएकोले सबै दलले हामीबाट फाइदा मात्र लिने गर्छन् ।”

मुसहर बस्तीमा जसोतसो गरी भात पाके पनि दाल र तरकारीको समस्या हुने गर्छ । दाल, तरकारी किन्ने पैसा छैन । दैनिकी ज्यालादारी गरी ल्याइएको चामल पकाउँदा भात त पाक्छ तर दाल तरकारीको समस्या भने यथावत रहने सेवकी सदा जानकारी दिन्छन् । सङ्घीय सरकारले नै दलितलाई हेला गरेको र प्रदेश सरकारले पनि बेवास्ता गरेको दलित अधिकारकर्मी सिकेन्द्र पासवान आरोप लगाउँछन् ।

प्रतिक्रिया दिनुहोस