खलङ्गा । प्राइम लाइफ बिमा कम्पनीले जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभीड निवासी मृतक लक्ष्मीप्रसाद उपाध्यायको परिवारलाई बिमा गरेबापत दुई किस्ता गरी ५८ लाख ५० हजार उपलब्ध गराएको छ ।
बिमा कम्पनीले एक कार्यक्रम गरी मृतक उपाध्यायकी श्रीमती अप्सरा उपाध्यायलाई दोस्रो किस्ताबापत २६ लाख ९४ हजारको चेक हस्तान्तरण गरेको हो । पहिलो किस्ताबापत ३१ लख ५६ हजार यसअघि नै उनलाई हस्तान्तरण गरि सकिएको प्राइम लाइफ जुम्लाका शाखाका प्रमुख करबहादुर शाहीले बताए।
लक्ष्मीप्रसाद उपाध्यायले विसं २०७४ पुस २४ गते ३० लाखको बिमा गराएका थिए । उनको २०७५ पुस २४ गते शौचालयमा जलेर मृत्यु भएको थियो । मृत्युपूर्व भने एक किस्ताको रकम रु दुई लाख १० हजार तिरेको परिवारले जनाएका छन् ।
जुम्लामा २६ मृतक परिवारलाई बिमाअनुसारको रकम उपलब्ध गराइएको बिमा कम्पनीका प्रदेश प्रमुख रामबहादुर शाहीले बताए । रासस