२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक विद्यालयमा बस र छात्रावासको व्यवस्था गरिने

अ+ अ-

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले तराईका सामुदायिक विद्यालयमा बस र पहाड तथा हिमाली क्षेत्रमा छात्रावासको व्यवस्था गरी विद्यालय एकीकरण गर्ने बताएका छन् ।

सामाजिक विकास मन्त्रालयद्वारा मङ्गलबार यहाँ आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति तथा चालू आर्थिक वर्षका कार्यहरुकोे प्रस्तुतीकरण कार्यक्रममा उनले विद्यार्थी कम हुने विद्यालयमा तीनदेखि चार हजारसम्मका छात्रछात्रालाई जम्मा गरी विद्यालय एकीकरण गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने जानकारी दिए।

उहाँले मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सर्पदंश उपचार सेवा विस्तार गरेको र सोही क्रममा विराटनगरको कोचाखालमा स्थापना गरिएको बताए। उनले विराटनगरको शहीद रङ्गशालामा रात्रिकालीन खेलका लागि स्थायीरूपमा ‘फ्लड लाइट’ राख्न ठेक्का प्रक्रिया लागेकाले आगामी फागुनभित्र सम्पन्न हुने जानकारी दिए ।

नोबेल अस्पतालद्वारा एम्बुलेन्स प्रदान

नोबेल शिक्षण अस्पतालले मोरङको इटहरामा निःशुल्क एम्बुलेन्स प्रदान गरेको छ । ज्येष्ठ नागरिक हकहित समाज रतुवामाई नगरपालिका–९ इटहरालाई रु ११ लाख मूल्य बराबरको एम्बुलेन्स मङ्गलबार प्रदान गरेको हो ।

अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेले संस्थाका अध्यक्ष भुवनसिंह राईलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे । नगर प्रमुख रविन राई र अस्पतालका अध्यक्ष न्यौपानेले संयुक्तरुपमा एम्बुलेन्स सेवाको उद्घाटन गरे । प्रमुख राईले एम्बुलेन्सका कारण अब रतुवामाई क्षेत्रका बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सहज हुने बताए ।

अस्पतालका अध्यक्ष न्यौपानेले बिरामीको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवामूलक हिसाबले एम्बुलेन्स सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । समयमा बिरामीको उपचार नपाई मृत्यु नहोस् भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएको नोबेल अस्पताल सञ्चालक डा सुनिल शर्माले बताए । अस्पतालले यसअघि मोरङको पथरीशनिश्चरे र पाँचथरमा पनि निःशुल्क एम्बुलेन्स प्रदान गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस