काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
काठमाडौंमा दुई दिनदेखि जारी सी चिनफिङ विचारधारासम्बन्धी छलफलको दोस्रो दिन दुई पार्टीका नेताहरुबीच भाइचार सम्बन्ध स्थापित गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
विचार आदान प्रदान तथा छलफल कार्यक्रममा सहयोग तथा भाइचारा सम्बन्ध स्थापित गर्ने समझदारी पत्र लेनदेन गरिएको हो ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा उक्त समझदारी भएको हो।
समझदारीमा पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गरेका छन्।