२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक स्व: कोइरालालाई

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाले संविधान निर्माणमा पुर्‍याउनुभएको योगदान अतुलनीय रहेको धारण व्यक्त गरेकी छन् ।

यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक पूर्वप्रधानमन्त्री स्व कोइरालालाई मरणोपरान्त प्रदान गर्दै राष्ट्रपति भण्डारीले स्व।कोइराला सरल, सहज, सादगी र पारदर्शी नेता हुनुहुन्थ्यो भनिन् । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले संविधान निर्माणमा स्व कोइरालाको सहमति, सहकार्य र एकताको भावना स्मरणीय रहेको उल्लेख गरिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले असहज परिस्थितिमा समेत सबै शक्तिलाई मिलाएर विचलित नभई एकताको भावनालाई आत्मसात गरी ऐक्यबद्धताका आधारमा संविधान निर्माण गर्नुले सम्पूर्ण नेपालीमा एकताको सञ्चार गराउन स्व कोइराला इतिहासमा सफल नेता हुनुभएको धारणा व्यक्त गरिन् ।

वर्तमान संविधान निर्माण गर्न नेपालमा दुईपटक संविधानसभाको निर्वाचन भएको थियो । पाँच वर्ष आठ महीनामा तयार भएको संविधान निर्माणमा ३० राजनीतिक दल सहभागी थिए । पछिल्लोपटक सम्पन्न संविधानसभा निर्वाचनबाट प्रधानमन्त्री रहनुभएका स्व कोइरालाको नेतृत्वमा विसं २०७२ असोज ३ गते मुलुकले नेपालको संविधान पाएको हो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बहुलवादमा आधारित नेपालको संविधान समावेशी र विश्वमा नै नमूना रहेको धारणा व्यक्त गरे । उनले वर्तमान सरकारले संविधान अनुरूप काम गर्न नसकेको बताउँदै सरकारले संविधान कार्यान्वयनमा एकलौटी निर्णय गर्न थालेको आरोप लगाए ।

सरकारबाट संविधानको भावना विपरीत आएको मिडिया काउन्सिल र मानवअधिकार विधेयकले स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको सभापति देउवाले बताए ।

संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङले संविधान अपरिवर्तनीय दस्तावेज नभएको तर जनआन्दोलनको जगमा उभिएर बनेकोले परिवर्तनका लागि जनताको भावना जित्नुपर्ने बताए । उनले संविधानको मुख्य स्रोत नेपाली जनता भएकाले जनताको इच्छा र चाहना अनुरूप संविधान परिवर्तन गर्न सकिने दस्तावेज भएको धारणा राखे ।

वर्तमान संविधान मस्यौदा समितिका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा सरकार फितलो बन्दै गएको बताए । उनले प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थालाई बेवास्ता गरी सरकार एकलौटी ढङ्गले अघि बढेको हुँदा संविधान कार्यान्वयनमा जटिलता पैदा भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष एवं सांसद भीमसेनदास प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा पूर्वप्रधानमन्त्री स्व। कोइरालाले अनुकरणीय योगदान पुर्‍याएकाले उनलाई यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक मरणोपरान्त प्रदान गरिएको बताए ।रासस

प्रतिक्रिया दिनुहोस