२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा तालिबानको विस्फोटमा परी ४८ को मृत्यु

अ+ अ-

काबुल । अफगानिस्तानमा मङ्गलबार भएको दुई वटा विस्फोटमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।

राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका यी विस्फोटमा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

पारवान प्रान्तको मध्यभागमा भएको यस घटनामा २४ जनाको मृत्यु हुनुको साथै अरु ३२ जना घाइते भएका पुष्टि गरिएको मङ्गलबार स्थानीय अस्पताल स्रोतले जनाएको थियो ।

तर बुधबार सो सङ्ख्या बढेर मृतकको सङ्ख्या ४८ पुगेको पारवान अस्पतालका निर्देशक डा.अब्दुल कासिम साङ्गीनले एएफपीसँग बताएका छन् ।

राष्ट्रपति घानीको चुनावी अभियानलाई विथोल्ने उद्देश्यबाट गराइएको यस विस्फोटमा परी मारिने र घाइते हुनेहरूमा महिला तथा बालबालिकासमेत रहेका छन् । विस्फोटका समय राष्ट्रपति घानी भने करिब एक किलोमिटर टाढा रहेको बताएका छन् ।

राष्ट्रपति असरफ घानी राजधानीको उत्तरमा पर्ने पारवान प्रान्तमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा प्रहरीचौकी नजिकै मोटरसाइकलकमा आएका एक आक्रमणकारीले विस्फोट गराएको र विस्फोटमा परी २६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४२ घाइते भएका थिए ।

एक घण्टापछि तालिबानले दाबी गरेको अर्को विस्फोट अमेरिकी दूतावासनजिकै मध्य काबुलमा भएको थियो । यस विस्फोटमा परी २२ व्यक्ति मारिनुको साथै अन्य ३८ घाइते भए थिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस